कांग्रेसलाई विकास र प्रविधिसँग जोड्नुपर्छ : पूर्व मुख्यमन्त्री शाही

कांग्रेसलाई विकास र प्रविधिसँग जोड्नुपर्छ : पूर्व मुख्यमन्त्री शाही

वीरेन्द्रनगर : नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले कांग्रेसलाई विकास र प्रविधिसँग जोड्नुपर्ने बताएका छन्। 

नेपाली कांग्रेस सुर्खेत जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टीको प्रदेश संसदीय दलको नेता समेत रहेका शाहीले भने, 'कांग्रेसले मुलुकका हरेक राजनीतिक परिवर्तनहरू र देशका जटिल मोडहरूमा कुशल नेतृत्व प्रदान गर्दै आएको छ। जनताका सवालमा काम गर्नुका साथै मुलुकको विकास र समृद्धिमा पनि कांग्रेसको मुख्य योगदान छ। तर पार्टीले गरेका कामहरू जनताका बीचमा प्रचार नगर्दा र पार्टीलाई प्रविधिमैत्री नबनाउँदा केही नगरेको जस्तो देखिएको हो।'

उनले कर्णालीमा अहिले प्रमुख ठूलो शक्तिका रूपमा कांग्रेस भए पनि सरकारको नेतृत्व गठबन्धन भित्रै भएकाले विकास र समृद्धिको अभियानमा अग्रपंतिमा लाग्नुपर्ने बताए। 

उनले भने, 'पार्टीको नेतृत्वको रक्षा र पार्टीका नीति अनुसारका कार्यक्रम बनाएर पार्टीको संगठन बलियो बनाउने तिर सबै लागौँ। पार्टी भित्रै अन्तरद्वन्द्व गरेर संस्थालाई कमजोर बनाई कसैको हित हुँदैन। आगामी निर्वाचन लक्षित पार्टीको संगठन सुदृढ अभियान सुरु गर्न ढिलो गर्नु हुँदैन।'

कांग्रेसले राष्ट्रिय स्वाधीनता, राष्ट्रियता र अहिलेको व्यवस्थाको रक्षाका लागि एक्यबद्ध भएर बलियो पार्टी निर्माणमा सबै जुट्नुपर्ने बताए। 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य जानकी सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीका सबै तहका संरचनाहरू सक्रिय बनाउनुपर्ने बताइन्। 

कार्यक्रममा नेपाली कांग्रेसका कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले पार्टी भित्र बृहत् एकता कायम गर्दै संगठन निर्माण अभियान थालिने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.