बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु
बैतडी : बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। पाटन नगरपालिका-२ ठलकुडाकी ४० वर्षीया लक्ष्मी ऐरको सोही वडाको महारुद्र भीरबाट लडेर मृत्यु भएको हो।
शनिबार दिउँसो साढे ३ बजे घाँस काट्ने क्रममा लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। ऐर भीरबाट लडेर करिब १० मिटर तल ग्रामीण सडकमा परेकी थिइन्।
मृतक ऐरका श्रीमान रोजगारीका सिलसिलामा भारतमा रहेका छन्। अन्य पारिवारिक विवरण खुल्न सकेको छैन। बैतडीमा भीरबाट लडेर बर्सेनि महिलाहरूले अकालमै ज्यान गुमाइरहेका छन्।