सोनमा गाउँपालिकाले ल्यायो ४५ करोडभन्दा बढीको बजेट

सोनमा गाउँपालिकाले ल्यायो ४५ करोडभन्दा बढीको बजेट

महोत्तरी : सोनमा गाउँपालिकाले दलित समुदाय लक्षित गर्दै आर्थिक वर्ष २०८०/०८१ का लागि वार्षिक बजेट विनियोजन गरिएको छ। 

शनिबार गाउँपालिका अध्यक्ष विश्वेश्वर यादवले प्रस्तुत गरेको वार्षिक बजेटमा दलित समुदायलाई विशेष ध्यान दिइएको छ। 

अध्यक्ष यादवले प्रस्तुत गरेको कुल ४५ करोड ७९ लाख ६ हजार बराबरको वार्षिक बजेटमा सो कुरा उल्लेख रहेका छन्।

गाउँपालिकाको वार्षिक बजेट विनियोजनमा दलित समुदायबाट सामुदायिक विद्यालयबाट एसईई उर्तिण  हुने छात्रालाई छात्रवृति प्रदान गर्ने भएको छ। त्यस्तै दलित विद्यार्थीहरू प्राविधिक शिक्षा अध्ययन गर्न चाहेमा प्रत्येक वडाबाट २ जनाका दरले जनही १० हजार रकम उपलब्ध गराइनेछ। 

गाउँपालिकाले एसईईमा सबैभन्दा वढि अंक प्राप्त गर्ने विद्यार्थीलाई छात्रवृति प्रोत्साहन स्वरूप १५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि चेतना अभिवृद्धि र कानुन कार्यन्वयनद्वारा प्रभावकारी कदम उठाउनुका लागि पालिकाले बजेट निर्धारण गरिने भएको छ। 

उनीहरूको परम्परागत सीपलाई आधुनिक र उपयोगी बनाउनका लागि व्यवसाय दर्ता र नवीकरणमा गाउँपालिकाले शतप्रतिशत छुट दिइने भएको छ। 

रोजगारी र स्वरोजगारीमा प्राथमिकता दिँदै गाउँपालिकाको कार्यालयबाट दलित छात्राको उच्च शिक्षा अध्ययनमा प्रोत्साहन गरिने वार्षिक योजना नीतिमा उल्लेख रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.