डा.रुइतलाई हिमालपारि सम्मान

डा.रुइतलाई हिमालपारि सम्मान

जोमसोम : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाइसकेका चर्चित व्यक्तित्व वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्तुक रुइतलाई शनिबार हिमालपारिको जिल्ला मुस्ताङले सम्मान गरेको छ। जिल्ला समन्वय समितिको संयोजनमा आयोजित कार्यक्रममा डा.रुइतलाई दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरिएको जिल्ला समन्वय समिति मुस्ताङले जनाएको छ।

जिल्ला समन्वय समिति मुस्ताङले प्रेषित गरेको सम्मानपत्रमा लाखौंको आँखाको ज्योति बन्दै तिलगंगा आँखा प्रतिष्ठान केन्द्रदेखि विश्वका विभिन्न मुलुकहरूमा पुगेर आँखाको सेवा प्र्रदान गर्दै समाज र राष्ट्रका लागि अतुलनीय मानवीय सेवामा समर्पित वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. रुइत राष्ट्रका लागि गहना भएको उल्लेख गरिएको छ।

प्रशंसापत्रमा भौगोलिक रूपले विकट र दुर्गम मुस्ताङ जिल्लामा पनि पटक÷पटक उपस्थित भएर शल्यक्रिया गरी आँखाको ज्योति छर्दै आउनु भएको हुँदा र उनले विकटको हिमाली जिल्ला मुस्ताङमा बृहत् स्वास्थ्य शिविरका माध्यमबाट सेवा पु¥याउनु भएकाले डा. रुइतलाई उच्च सम्मानसहित प्रशंसापत्रले सम्मान गरिएको जिसस मुस्ताङी प्रमुख माया गुरुङले जानकारी दिइन्। मुस्ताङका संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङ, श्रीमाया थकाली, जिसस प्रमुख माया गुरुङ, प्रमुख जिल्ला अधिकारी अनुप केसी, घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकालीलगायतका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, पर्यटन व्यवसायी, स्थानीय नागरिक, संघ–संस्था र पत्रकारलगायतले डा. रुइतलाई अभिनन्दन गरे।

सम्मान समारोहमा दृष्टिका देवता डा. रुइतले हिमालको सम्मानले आफूलाई अझ थप ऊर्जाशील बनाएर लैजान प्रेरणा मिल्ने बताए। ‘सम्मान सानो वा ठूलो हुँदैन, डा. रुइतले भने, ‘यहाँबाट अपार माया र स्नेह लिएर फर्किंदै छु, मुस्ताङसँग कनेक्टिभिटी निरन्तर रहिरहने छ।’ मुस्ताङका प्रजिअ अनुप केसीले स्वास्थ्य क्षेत्र ख्यातिप्राप्त व्यक्तिलाई मुस्ताङ जिल्लाले सम्मान गर्ने अवसर पाउनु आफैंमा भाग्यमानी जिल्लाका रूपमा लिएको बताए। 

सम्मानपछि स्थानीय पत्रकारहरूले सोधेको एक फरक प्रशंगमा डा. रुइतले मुस्ताङ पहुँचमार्ग सडकमा चुनौतीपूर्ण भएकाले यसको सुधार हुन आवश्यक रहेको बताए। ‘म झन्डै ३० वर्षको अन्तरालमा अहिले तेस्रोपटक मुस्ताङ आएको हुँ, विगतमा पनि यहाँसम्म आएर सेवा दिँदा निकै चुनौती थियो,’ डा. रुइतले भने, ‘अहिले समय निकै घर्किसकेको छ, तर सडकमार्गमा अपेक्षित सुधार आएको देखिनँ।’ उनले सडकमार्ग सुधारका लागि राज्यपक्ष र सरोकारवाला निकायले ध्यान दिन आवश्यक रहेको औंल्याए। यसैगरी तपाईं त स्वास्थ्यकर्मी विगत र अहिलेमा यहाँका स्वास्थ्य क्षेत्रको अवस्थामा के भिन्नता पाउनुभयो भन्ने पत्रकारहरूले राखेको जिज्ञासामा डा. रुइतले  मुस्ताङमा अझै स्वास्थ्य चुनौती रहेको उल्लेख गरे। ‘विकटको जिल्ला मुस्ताङ, यहाँ कर्मचारी र स्वास्थ्यकर्मी बस्न चाहँदैनन्,’ उनले भने, ‘पर्याप्त स्वास्थ्य स्रोतसाधन जुटाउन मुस्किल पर्छ, हाल जति भइरहेको छ, त्यो पर्याप्त होइन, अपेक्षित सुधार हुँदै जाला।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.