प्रफुल र रुकेश सेमिफाइनलमा

प्रफुल र रुकेश सेमिफाइनलमा
नेपाल पुलिस क्लबका सुनिल जोशी र अमन श्रेष्ठविरुद्ध प्रतिस्पर्धा गर्दै त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जन।

काठमाडौं : त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी ललितपुरमा जारी तेस्रो प्रधानमन्त्री कप खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन्। महर्जन जोडीले नेपाल पुलिस क्लबका सुनिल जोशी र अमन श्रेष्ठको जोडीलाई २१– १०, २१–१५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्। उनीहरूले फाइनल प्रवेशका लागि कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडीसँग प्रतिस्र्धा गर्ने छन्। विधान र लिनथेपको जोडीले नखिपोटका विवेक कन्दङ्वा र नेलसन राईको जोडीलाई २१–१२, २१–१४ ले पराजित गरे। 

यसैगरी एपीएफका प्रिन्स दाहाल र विजित थापामगरको जोडीले पनि सेमिफाइनल यात्रा तय गरे। उनीहरूले बालकुमारी रिमिक्स क्लबका ससिन डंगोल र सुमित महर्जनको जोडीलाई २१–१८, २१–१९ ले पाखा लगाए। यस्तै पुलिसका जीवन आचार्य र विष्णु कटुवालको जोडीले आर्मीका देवराज राना र रोशन साउदको जोडीलाई २१–१५, २१–८ ले पराजित गर्दै प्रिन्स र विजितसँगको भेट पक्का गरे।

नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा बागमती प्रदेश ब्याडमिन्टन संघको ब्यवस्थापनमा भएको प्रतियोगिताको छात्र यू–११ को खेलमा आर्मीका दीप थिङले आईबीएससीका प्रशान्त बुढाथोकीलाई २१–११, २१–१९, सूर्यदर्शन ब्याडमिन्टन एकेडेमीका आदित्य थारुले कपिलबस्तुका विराट बस्नेतलाई २१–११, १९–२१, २१–१६, आईबीएससीका प्रिन्स थापामगरले महाबौद्ध युथ क्लबका आर्भ शाक्यलाई २१–१४, २१–१० तथा दोलखाका आर्नभ श्रेष्ठले आईबीएससीका अक्षत ढुंगेललाई २१–१६, १८–२१, २१–१५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए।

छात्रा यू–१३ मा डीबीएकी अस्मिता खत्रीले आर्मीकी समृद्धि श्रेष्ठलाई २१–१६, २१–१९, बेलटार ब्याडमिन्टन एकेडेमीकी दिया राईले भक्तपुरकी स्वर्लिन श्रेष्ठलाई २३–२१, २१–१६, एमबीबीएफकी निभा राईले दोलखाकी रितिका श्रेष्ठलाई २१–८, २१–९ र ललितपुरकी टिशारानी शाक्यले आर्मीकी एजिरेन्का शेरचनलाई २१–९, २१–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरे।

यू–१३ छात्रमा आर्मीका रिजन मगरले दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई २१–१२, २१–१४, सुहम कार्कीले आर्मीका दीप थिङलाई २१–१५, २१–८, एपीएफका आरुष सिंखडाले देवीनगरका प्रवल श्रेष्ठलाई २१–१५, २१–१० र आर्मीका सुदेश राजकोटीले आईबीएससीका अक्षत ढुंगेललाई २१–१०, २१–५ ले पराजित अन्तिम चारमा स्थान सुरक्षित गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.