बाराले उचाल्यो प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधी

बाराले उचाल्यो प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधी

सिमराः बारा जिल्ला फुटबल संघले दोस्रो रामनारायण मिश्र फुटबल प्रतियोगिता उपाधी उचालेको छ। सिमरा रंगशालामा शनिबार भएको फाइनल खेलमा रौतहट जिल्ला फुटबल संघलाई २–१ ले पराजित गर्दै बाराले उपाधी उचालेको हो। 

बाराका लागि विवेक चौधरी र सागर चौधरीले एक-एक गोल गरेका छन्। रौतहटका लागि भने रोशन पहारीले एक गोल फर्काए।

खेलको २६औं मिनेटमा विवेकको गोलबाट अग्रता लिएको बाराले ४१औं मिनेटमा अग्रता दोब्बर पारेको थियो। पहिलो हाफमा लिएको अग्रता जोगाउदै जित नजिक पुगेको बाराविरुद्ध रौतहटले इन्जुरी समयमा एक गोल फर्काएको थियो। 

उपाधि विजेताले बाराले ट्रफिसहित नगद ५० हजार र उपविजेता रौतहटले ३० हजार प्राप्त गरेको छ। विधागत पुरस्कारतर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बाराका विवेक चौधरी घोषित भएका छन् भने सर्वाधिक गोलकर्ता बाराका सागर चौधरी, उत्कृष्ट डिफेन्ड बाराका श्याम चौधरी र उत्कृष्ट प्रशिक्षक बाराका उमेश श्रेष्ठ घोषित भए। 

यसैगरी उत्कृष्ट मिडफिल्ड रौतहटका विपिन मगर, उत्कृष्ट गोलरक्षक रौतहटका निरज धामी र उत्कृष्ट फरवार्ड सिरहाका सुजन मगर घोषित भएका छन्। विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही पाँच हजार प्राप्त गरेका छन्। 

विजेता तथा उपविजेता खेलाडीलाई पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि, शिक्षा तथा समाज कल्याण मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई, पूर्व प्रदेशसभा सदस्य शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, एन्फाका केन्द्रीय उपाध्यक्ष दावा लामा, राष्ट्रिय खेलकुद परिषदका सदस्य मानदेव हजरा, मधेस प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्की, बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामालगायतले पुरस्कार वितरण गरेका थिए। 

मधेस प्रदेश फुटबल संघका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उमपहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेपाली कांग्रेस बाराका सभापति राजेशराय यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, नेपाली कांग्रेस जीतपुरसिमरा नगर सभापति छविलाल शर्मालगायतको उपस्थिती रहेको थिए। 

मधेस प्रदेश फुटबल संघको आयोजना र बारा जिल्ला फुटबल संघको सहआयोजनामा संचालन भएको प्रतियोगितामा मधेसका आठ जिल्लाको सहभागिता रहेको थियो। मधेस प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा असार ११ गतेदेखि प्रतियोगिता सुरु भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.