समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेका छौं : प्रचण्ड

समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेका छौं : प्रचण्ड
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेको बताएका छन्। नारायण विलास जोशी स्मृतिको ३४ औं स्मृति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले फेरि कम्युनिष्ट पार्टी एकताको दिशामा अगाडि बढ्ने उद्घोष गरे। 

उनले भने,‘अहिले क. माधव कुमार नेपाल, म लगायत,क. विप्लव र क. उपेन्द्र यादव समेतले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल सुरु गरेका छौं।’

उनले फेरि समाजवादी मोर्चा हुँदै नेकपातिर फर्कन पर्ने बताए। प्रचण्डले झण्डै दुई तिहाई भएको नेकपा एकचोटी असफल भयो भन्दैमा पछाडि हट्न नहुने भएकाले कम्युनिष्ट एकतामा जुट्नुपर्ने धारणा राखे। उनले के कारणले कम्युनिष्ट विभाजन भए गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने धारणा राखे।

प्रचण्डले समाजवादी मोर्चाबाट वामपन्थीलाई एकता गर्ने भनेपनि मोर्चामा कम्युनिष्ट र गैरकम्युनिष्ट रहेका छन्। समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा रहेको छ। मोर्चामा आएका चार पार्टीका फरक–फरक सिद्धान्त, विचार, दृष्टिकोण र कार्यक्रमहरू छन्। माओवादी केन्द्र, नेकपा एस र विप्लव तीन कम्युनिस्ट पार्टी हुन्। मधेस केन्द्रित जसपा पनि यो मोर्चामा छ। तर, उसले कम्युनिस्ट सिद्धान्त मान्दैन। विप्लव कम्युनिस्ट भए पनि संसदीय व्यवस्था मान्दैन। null

प्रचण्डले स्मृति दिवसको अवसरमा  नारायण विलास जोशी प्रतिष्ठान भवनको उद्घाटन एवम् प्रतिमा अनावरणसमेत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.