प्रचण्डले भने : जो जनताको समृद्धि र सुशासनको पक्षमा छैनन्, उनीहरू आतंकित छन्

प्रचण्डले भने : जो जनताको समृद्धि र सुशासनको पक्षमा छैनन्, उनीहरू आतंकित छन्
फाइल तस्बिर।

उनले सरकारको कामले भ्रष्टाचारको अन्त्य र सुशासन चाहने, जनताको जीवनमा परिवर्तन चाहनेहरू सबै उत्साहित बनेको बताए।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  लाखौँ युवाहरूले जीवनको उर्जाशील समय गणतन्त्रको आन्दोलनमा खर्चिएको दाबी गरेका छन्। आइतबार बिहान बालुवाटारमा नेपाली प्रतिभाशाली कलाकारसँगको भेटघाटमा प्रचण्डले राजनीतिक दल र नेताहरू सबै उस्तै नभएको बताएका हुन्।  

‘झट्ट हेर्दा लाग्न सक्छ– राजनीतिक दल र नेताहरू सबै यस्तै हुन्। तर, यथार्थ त्यो होइन। मैले पार्टी र नेताहरू यस्तै हुँदैनन्। नेपालमा आज संघीय लोकतान्त्रिक गणतन्त्र जसरी स्थापना भएको छ, यो साना दुखले प्राप्त गरेको व्यवस्था होइन। यो निरंकुश राजतन्त्रको कालकोठरीबाट देशलाई आजको अवस्थासम्म ल्याई पुर्‍याउन लाखौँ नेपालीको संघर्ष र पसिना परेको छ, हजारौँ सहिदले आफ्नो जीवनको बलिदान गरेका छन्, परिवर्तन चाहने लाखौँ युवाहरूले आफ्नो जीवनको उर्जाशील समय गणतन्त्रको आन्दोलनमा खर्चिएका छन्।’ प्रचण्डले भने,‘यो हामी सबैको व्यवस्था हो, हामी सबैको संघर्षबाट प्राप्त भएको व्यवस्था हो। तसर्थ, यसको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी पनि तपाई हाम्रो नै हो।’

उनले सरकारको कामले भ्रष्टाचारको अन्त्य र सुशासन चाहने, जनताको जीवनमा परिवर्तन चाहनेहरू सबै उत्साहित बनेको बताए। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले  देश र जनताको समृद्धि, सुशासनको पक्षमा नहुनेहरु आतंकित बनेको दाबी गरे।

‘यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ। जति गर्छु– देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु। सरकारले जसरी काम गरिरहेको छ, त्यसले भ्रष्टाचारको अन्त्य र सुशासन चाहने, जनताको जीवनमा परिवर्तन चाहनेहरू सबै उत्साहित छन्।’ उनले भने,‘जो देशको पक्षमा छैनन्, जनताको समृद्धि र सुशासनको पक्षमा छैनन्, उनीहरू आतंकित छन्। तसर्थ, मेरो तपाईहरूसँग विशेष अपील छ– देश निर्माण गर्ने सरकारको संकल्पमा बलियो साथ दिनुस्, यो महाअभियानको तपाईहरू पनि सारथि बन्नुस्। सबै मिले देश बनाउन सकिन्छ, हामीले बनाउनैपर्छ।’null

उनले नेपाली भाषा, पहिचान र संस्कृतिको प्रचलन, संरक्षण र प्रबर्द्धनमा लाग्न आग्रह गरे। प्रचण्डले भने,‘विश्वका सबै देशको इतिहास र पहिचान त्यस देशको भाषा, संस्कार, संस्कृतिले नै निर्धारण गरेको हुन्छ। आफ्नो अलग्गै भाषा र संस्कृति भएका देशहरुको विश्वमा अलग्गै र उच्च अस्तित्व रहन्छ। त्यसैले विश्वमा रहेका सबै नागरिकहरूले आफ्नो भाषा र संस्कृतिको माया गरेका हुन्छन्।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.