‘स्थापित राजनीतिक दलका नेताकै संरक्षणमा मिटरब्याज चलिरहेको छ ’
सामन्तवाद सकिए पनि सामन्तवादको अवशेष अझै बाँकी रहेको श्रेष्ठको भनाइ छ। श्रेष्ठले भने, ‘पिलो त निको भयो तर, खिल अझै बाँकी छ देशलाई घोचिरहेको छ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् विराजभक्त श्रेष्ठले स्थापित राजनीतिक दलका नेताकै संरक्षणमा मिटरब्याज चलिरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा श्रेष्ठले मिटरब्याज सामाजिक समस्याका रुपमा रहेको भन्दै वित्तीय साक्षरता आवश्यक रहेको बताएका हुन्।
श्रेष्ठले भने, ‘स्थापित राजनीतिक दलका नेताहरुकै संरक्षणमा मिटरब्याज चलिरहेको भन्ने छ। सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। प्रहरीका उच्च पदस्थहरु नै मिटरब्याजमा संलग्न छन् भन्ने कुरा आएको छ। यसको लागि हामिले वित्तीय शिक्षामा सुधार गर्नुपर्छ। वित्तीय साक्षरता बढाउनुपर्छ। वित्तीय पहुँचको जनचेतना पनि आवश्यक छ।’
सामन्तवाद सकिए पनि सामन्तवादको अवशेष अझै बाँकी रहेको श्रेष्ठको भनाइ छ। श्रेष्ठले भने, ‘पिलो त निको भयो तर, खिल अझै बाँकी छ देशलाई घोचिरहेको छ। ’ मिहिनेत गर्ने किसानको वित्तीय संस्थाको पहुँच नै नपुगेको भन्दै श्रेष्ठले किसानहरुका लागि उत्पादनमा आधारित सहज कर्जा प्रवर्द्धन गर्ने नीति ल्याउनुपर्ने बताए।