स्याङ्जामा भाडादर निर्धारण
स्याङ्जा : स्याङ्जाका विभिन्न मार्गहरूमा सञ्चालन भइरहेका सवारी साधनका लागि भाडा दर निर्धारण गरिएको हो छ।
गण्डकी प्रदेशले समायोजन गरेको भाडा दरका आधारमा पक्की र कच्ची सडकमा भाडा दर निर्धारण गरिएको छ। २०७२ सालपछि नयाँ भाडा दर कायम गरिएको व्यवसायीको भनाइ छ।
पक्की सडकमा गण्डकी प्रदेशले समायोजन गरेको भाडा दरका आधारमा बस यात्राका लागि प्रति किलोमिटर ५ रुपैयाँ ५० पैसा र जीपमा प्रतिकिलोमिटर ६ रुपैयाँ कायम गरिएको छ।
यसैगरी कच्ची सडकमा बसका लागि प्रतिकिलोमिटर ११ रुपैयाँ र जीपका लागि भने १२ रुपैयाँ लिनेगरी सर्वपक्षीय सहमति बनेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए।