दार्चुलामा स्कुलको कम्पाउण्डबाट लडेर एक बालकको मृत्यु
दार्चुला : दार्चुलामा स्कुलको कम्पाउण्डबाट लडेर बालकको मृत्यु भएको छ। जिल्लाको अपि हिमाल गाउँपालिका-६, धङकङस्थित छिपुलाकेदार माविको कक्षा ५ मा अध्ययनरत १३ वर्षीय समिर महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए
स्कुलको कम्पाउण्ड नजिकै खेलिरहेका उनी लडेर झण्डै ५०/६० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको उनले बताए।
घटनाका बारेमा थप अनुसन्धान गर्न अहिले खण्डेश्वरी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली खटिएको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
८