पूजा गर्न घर बाहिर निस्किएकी वृद्धाको जंगली हात्तीको आक्रमणबाट मृत्यु

एक महिला घाइते

पूजा गर्न घर बाहिर निस्किएकी वृद्धाको जंगली हात्तीको आक्रमणबाट मृत्यु

झापा : झापामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

भारत सिलिगुडी घर भई हाल उनी मेचीनगरमा  ज्वाइँ बैजनाथ साहसँगै बस्दै आएकी थिइन् । सोमबार बिहान सवा ५ बजे वृद्धा साह पूजा गर्न घर बाहिर निस्केको बेलामा मागुरमाडी जङ्गलबाट निस्केको हात्तीले उनलाई आक्रमण गरेको हो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाउने प्रहरीले जनाएको छ ।

त्यस्तै, हात्तीको आक्रमणबाट बुद्वशान्ति गाउँपालिका–५ धिमाल गाउँकी ३८ वर्षीया कमला धिमाल घाइते भएकी छन् । उनलाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लगिएको छ । साहलाई आक्रमण गरेपछि सोही हात्ती आक्रामक भई उत्तरतिर लागेको र सोही क्रममा चिया श्रमिक धिमालमाथि जाइलागेको प्रहरीले जनाएको छ।  

मेचीनगर– ९ बस्ने हेमन्त प्रसाईँको बुद्धशान्ति- ५ स्थित चिया बगानमा काम गर्न जाने क्रममा धिमाललाई बाटोमै जङ्गली हात्तीले सुँडले हानी घाइते बनाएको हो । घाइतेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.