प्रधानमन्त्री दाहालपुत्री रेनु र गंगा सुटुक्क दुबई प्रस्थान
काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल सुटुक्क दुबई प्रस्थान गरेका छन्। उनीहरु शनिबार राती फ्लाई दुबईको जहाजबाट दुबईतर्फ प्रस्थान गरेको विमानस्थल स्रोतले बताएको छ।
उनीहरु दुबै प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’का पुत्री हुन्। रेनु र गंगा दुबै जना सार्वजनिक पद धारण गरेका छन्।
उनीहरुका साथमा आफन्त गोकुल भण्डारीसमेत दुबई गएका छन्। भण्डारी व्यवसायी हुन्। उनीहरुको दुबई भ्रमणको स्पष्ट उद्देश्य भने खुलेको छैन्।
रेनु गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा भरतपुर महानगरपालिकाकी मेयरमा निर्वाचित भएकी हुन्। अर्की छोरी गंगालाई आफू प्रधानमन्त्री भएपछि प्रचण्डले स्वकीय सचिवमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री हुनुअघि समेत छोरी गंगाले सचिवालयमा रहेर प्रचण्डलाई राजनीतिक रुपमा सहयोग गर्दै आएकी थिइन्।