नोबेलमा २७ दिने शिशुको शल्यक्रिया

नोबेलमा २७ दिने शिशुको शल्यक्रिया

विराटनगर : विराटनगरको नोबेल शिक्षण अस्पतालमा २७ दिने नवजात शिशुको सफल शल्यक्रिया गरिएको छ। सुनसरीको देवानगन्ज गाउँपालिका–६ की गीता मेहताले जन्माएकी सुरभको शल्यक्रियालाई चिकित्सकले जटिल भनेका छन्। 

जटिल भएपनि शल्यक्रिया सफलतापूर्वक गरिएको नोबेल अस्पतालका बाल तथा नवजात शिशु सर्जन डा.संजयकुमार साहले जानकारी दिए। बच्चामा जन्मजात देखिएको जटिल एवं दुर्लभ मानिने ‘कनजेनिटल डायफ्रामाटिक हर्निया’को शल्यक्रिया गरिएको उनको भनाइ छ। 

‘पेट र छात्तीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण बच्चाको पेटभित्र हुनुपर्ने कलेजो, आन्द्रा, आमाशय र फियो छातीमा पुगेको थियो,’ डा. साहले भने, ‘जसका कारण फोक्सो थिचिएर बच्चालाई श्वास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा कमी हुने र शरीर निलो हुने समस्या उत्पन्न भएको रहेछ।’ सुरभ विराटनगरकै कोसी अस्पतालमा २७ दिनअघि जन्मिएका थिए। श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि नोबेल लगिएको हो। 

नोबेलमा एक्स–रे गरेर हेर्दा पेटभित्र हुने अंगहरू छात्तीमा पुगेको पाइएको थियो। डा. साह नेतृत्वको चिकित्सक टोलीले शिशुको पेट चिरेर शल्यक्रिया गरेको हो। बच्चाको छात्तीमा पुगेका अंगहरुलाई पेटमा ल्याएर ‘डायफ्राम’को प्वाल टालिएको जानकारी उनले दिए।  ‘जन्मजात ‘डायफ्राम’ प्वाल परेर छात्तीमा पुगेको कलेजो, आन्द्रा, आमाशय र फियोलाई शल्यक्रिया गरी पेटमा ल्याइएको छ। अहिले बच्चाको अवस्था ठीक छ,’ उनले भने, ‘यो निकै दुर्लभ र जटिल समस्या हो। करिब ५ हजार बच्चामध्ये १ जनामा यस्तो समस्या देर्खा पर्नसक्छ।’

चिकित्सकहरूका अनुसार यस्तो समस्याले विकसित हुँदै गएको फोक्सोको विकास क्रमलाई रोक्ने र श्वास फेर्न गाह्रो भई बच्चाको ज्यान जाने जोखिम हुन्छ। भर्खर जन्मिएको बच्चालाई आमाको दूधभन्दा अन्य कुरा खुवाउँदा समस्या हुने र बेहोस पार्दा होस खुल्न गाह्रो हुने भएकाले यस्तो शल्यक्रिया निकै जटिल मानिने डा. साहको भनाइ छ। शल्यक्रिया गर्दा ४० प्रतिशतभन्दा बढीको ज्यान जोखिम रहने उनले बताए। 

शल्यक्रिया गर्दा शिशुको जीवन बचेपछि परिवारमा खुसी छाएको छ। अभिभावक हर्षित बनेका छन। ‘जटिल अवस्थामा पुगेको छोराको शल्यक्रिया सफल भयो,’ आमा गीताले भनिन्, ‘चिकित्सकहरुले जोखिम टर्‍यो भन्नु भएको छ।’ पहिलो सन्तानमा देखिएको स्वास्थ्य समस्याले परिवारलाई निक्कै चिन्तित तुल्याइएको उनी बताउँछिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.