स्याङ्जाको चापाकोटमा फलफूलका बिरुवा वितरण
स्याङ्जा : जिल्लाको चापाकोट नगरपालिकामा यस वर्ष १६ हजार आँप र लिचीका बिरुवा वितरण गरेको छ।
नगरको माटो सुहाउँदो फलफूल उत्पादनतर्फ आकर्षण बढाउन ती बिरुवा निःशुल्क उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन एकाई स्याङ्जा र चापाकोट नगरपालिकाको सहयोगमा यहाँ १० हजार वटा आँपका र ६ हजार लिचीका बिरुवा निःशुल्क उपलब्ध गराएको छ।
बिरुवा हस्तान्तरण गर्दे चापाकोट नगरप्रमुख देवबहादुर खाँण (ईश्वर) ले पालिकालाई आँप र लिचिमा आत्मनिर्भर बनाई आर्थिकोपार्जन तर्फ लाग्न सुझाव दिए। उनले भने, ‘यहाँका प्रत्येक घरमा कम्तिमा २० वटा लिची र १० आँप लगाउने अभियान सुरु गर्नेछौं।’