सुर्तीको सुर्ता !
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सिफारिस गरेको खुद्रा मूल्यमा लाग्ने कर ७५ प्रतिशत, भारत ५३ पाकिस्तान ६१, बंगलादेश ७३ श्रीलंका ७७ प्रतिशत छ भने नेपालमा ४१ प्रतिशत छ।
सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ३७ हजार ५ सय २९ जना नेपालीले अकालमा मृत्युवरण गर्छन्। नेपाल विकास अनुसन्धान प्रतिष्ठानको तथ्यांकलाई आधार मान्दा प्रतिघण्टा ४ जनाभन्दा धेरैले ज्यान गुमाइरहेका छन्।
सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने रोगहरूबाट पीडित हुनेहरूको संख्या बढ्दै छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्टेप्स सर्भे, २०१९ अनुसार करिब २९ प्रतिशत वयष्कले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्छन्। हालको दर यस्तै रहे आगामी ३० वर्षमा करिब १३ लाख ४० हजार नेपालीको धूमपानबाट मृत्यृ हुने प्रक्षेपण छ। धूमपानको कारणले विभिन्न स्वास्थ्य समस्याह देखिन्छन्।
शुक्रकीट कमजोर बन्ने, शुक्रकीटको डीएनए ह्रास हुने, शुक्रकीटको संख्या घट्ने, लिंगको उत्तेजनामा कमी, बाँझोपन, जन्मजात खोट भएको शिशु जन्मने र लिंग वरपर हुने रक्त सञ्चारको कमीले यौन चाहनामा ह्रास, नपुंसकताको सम्भावना, गर्भ रहन नदिनेजस्ता समस्या देखिन्छन्। त्यस्तै गर्भवस्था तथा प्रसव अवस्थामा जटिलता थपिने गर्छ।
गर्भवतीमा शारीरिक र मानसिक रूपमा असक्षम कमजोर, रोगी र अंगभंग बच्चा जन्मने, समयपूर्व बच्चा जन्मने, २ देखि ३ गुणा बढी गर्भपतन, जन्मेको बच्चा २८ दिनमै मर्ने, कम तौलको बच्चा, बालमृत्यु दर बढी, असफल गर्भाधानको प्रबल सम्भावना रहन्छ। धूमपानमा भएका करिब ६० वटा क्यान्सर लगाउन सक्ने तत्त्व, कार्सिनोजनहरूले शरीरका विभिन्न अंगप्रत्यंगमा क्यान्सर लगाउन सक्छन्। जसले बढी मात्रामा र बढी समयसम्म र बढी निकोटिन, टार तथा कार्सिनोजन भएका सुर्ती सेवन गरिरहेको हुन्छ, उसलाई विभिन्न खाले क्यान्सर हुने सम्भावना पनि त्यही अनुपातमा बढ्ने गर्छ।
धूमपानमा भएका करिब ६० वटा क्यान्सर लगाउन सक्ने तत्त्व, कार्सिनोजनहरूले शरीरका विभिन्न अगंप्रत्यंगमा क्यान्सर लगाउन सक्छन्। सामान्य व्यक्तिलाई भन्दा धूमपानको अम्मलीलाई दुई गुणा बढी छालाको क्यान्सर, मेलानोमा, पाठेघर, स्तन तथा मूत्रथैलीको क्यान्सर हुुने सम्भावना हुन्छ। त्यस्तै २२ गुणा बढी फोक्सोको क्यान्सर, २ गुणा बढी जिब्रोको क्यान्सर, ६ देखि २७ गुणा बढी मुख, र्यालग्रन्थी र श्वासनलीको क्यान्सर, १२ गुणा बढी घाँटीको क्यान्सर, ८ देखि १० गुणा बढी भोजन नलीको क्यान्सर, १० देखि १८ गुणा बढी भोजन नलीको क्यान्सर, २ देखि ३ गुणा बढी आमाशयको क्यान्सर, ५ गुणा बढी मिर्गौलाको क्यान्सर, २ देखि ५ गुणा बढी प्यान्क्रियाजको क्यान्सर, ३ गुणा बढी आन्द्राको तथा ५ देखि ६ गुणा बढी गुदद्वारको क्यान्सर हुने सम्भावना रहन्छ। जसले बढी मात्रामा र बढी समयसम्म र बढी निकोटिन, टार तथा कार्सिनोजन भएका सुर्ती सेवन गरिरहेको हुन्छ, उसलाई विभिन्न खाले क्यान्सर हुने सम्भावना पनि त्यही अनुपातमा बढ्ने गर्छ।
सरकारले सुर्तीजन्य पदार्थको लत हटाउन निकोटिन रिप्लेसमेन्ट थेरापी सुरु गरेको छ। विश्व स्वास्थ्य संगठनले यसका लागि स्वास्थ्य सेवा विभागलाई ४५ हजार निकोटिन गम हस्तान्तरण २०७९ चैत्रमा गरिसकेको थियो। विभागले पाइलटिङका रूपमा वीर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबाट कार्यविधि बनाएपश्चात् सुरु गर्ने बताए पनि दिवसका अवसरमा सुरु गरिसकेको छ।
सन् २०१९ मा एक संस्थाले क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल र नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा गरिएको एक अनुसन्धान गरेको थियो। १ सय ३ बिरामीमा गरिएको अनुसन्धानमा उपचारमा प्रतिव्यक्ति झन्डै ९ लाख ८१ हजार ३ सय ७० रुपैयाँ जसमा ६० प्रतिशत प्रत्यक्ष मेडिकलमा र अन्य अन्य यातायात, खाना र बास आदिमा खर्च गर्ने गरेको पाइएको छ।
उपचारमा २८ प्रतिशत केमोथेरापीमा खर्च हुने तथा उपचारका लागि १६ प्रतिशतले घरजग्गा बेच्ने गरेको देखिन्छ। ६० प्रतिशतले आफन्तबाट सापटी लिने र बिरामीको वार्षिक २ लाख ७९ हजार ४ सय ८२ रुपैयाँ आम्दानी गुम्ने गरेको अध्ययनले देखाएको छ। नेपालले २ दशमलव ५ देखि ४ प्रतिशतसम्म कर वृद्धि गरेको देखिएको छ। दक्षिण एसियामै सबैभन्दा कम कर ३३.२५ प्रतिशत लगाउने देश भएकाले यसपटक पक्कै कर बढ्ने आम अपेक्षा थियो। प्रारम्भिक विश्लेषणमा गतवर्षभन्दा करको दर ५ प्रतिशतले घट्ने देखिन्छ। बजेटमा ज्यादै न्यून रूपमा २.५ देखि ४ प्रतिशतसम्म कर वृद्धि गरेको देखिएको छ।
तर, पनि मुद्रास्फीति दर ७.८ प्रतिशतले वृद्धि हँुदा करको दर घट्ने भएको हो। व्यक्तिको आय १० प्रतिशतले बढ्दा यस्ता वस्तुको खपत २ प्रतिशतले बढेको छ। तसर्थ सामान्य कर वृद्धिले खपतमा खासै असर नपार्ने देखिन्छ। सरकारले मानवीय पुँजीको महत्त्व बुझेर सुर्तीजन्य पदार्थको मूल्यले दुई छाक खाजा त्याग्नु परोस्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सिफारिस गरेको खुद्रा मूल्यमा लाग्ने कर ७५ प्रतिशत, भारत ५३ पाकिस्तान ६१, बंगलादेश ७३ श्रीलंका ७७ प्रतिशत छ भने नेपालमा ४१ प्रतिशत छ। दक्षिण एसियामै सबैभन्दा बढी मृत्यृदर नेपालमा छ तथापि कर भने सबैभन्दा कम छ। सरकारले आर्थिक वर्ष २०७८/७९ मा २५ प्रतिशत वृद्धि भएको थियो। आर्थिक वर्ष २०७९/८० मा २० प्रतिशत अन्तःशुल्क वृद्धि गरिएको थियो। संकलित राजस्व २६ अर्ब जति मात्र छ। उपचार खर्चमा बर्सेनि करिब ४० अर्ब अर्थात् कुल गार्हस्थ्य उत्पादनको ०.८२ प्रतिशत रुपैयाँको आर्थिक क्षति भएको देखिन्छ। अन्तःशुल्कको हिस्सा भने २.४२ प्रतिशत मात्र छ।
सुर्तीको खेतीले विश्वव्यापी खाद्य असुरक्षा बढाउन योगदान पुर्याउँछ। हरेक वर्ष करिब ३.५ मिलियन हेक्टर जमिन सुर्तीजन्य पदार्थको खेतीमा परिणत हुन्छ। विश्वमा सुर्तीजन्य पदार्थको सेवनका कारण प्रत्यक्ष ७० लाख र अप्रत्यक्षरूपमा १२ लाखले ज्यान गुमाइरहेका छन्। कर बढाउँदा सीमापारिबाट अवैधरूपमा चुरोट भित्रिने मिथ्या हो। किनभने सन् २०२१ को सर्भेमा नेपालमा १ प्रतिशत कम तथा नमुना प्याकेटको ०.३३ प्रतिशत मात्र अवैध चुरोट भेटिएको थियो। त्यो पनि धेरैजसो इन्डोनेसियाबाट र सीमा क्षेत्रमा नभई काठमाडौं र पोखरामा। सुर्तीजन्य पदार्थकै कारणले आगामी १० वर्षमा ४ लाख नेपालीको ज्यान जाने प्रक्षेपण छ।
बुढाथोकी, नेपाल चिकित्सक संघका उपाध्यक्ष हुन्।