कार्यकर्तालाई ओलीको निर्देशन : बाढी पहिरो पीडितलाई उद्धार र सहयोग गर्न तयारी अवस्थामा रहनू

कार्यकर्तालाई ओलीको निर्देशन : बाढी पहिरो पीडितलाई उद्धार र सहयोग गर्न तयारी अवस्थामा रहनू
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्दार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन नेता/कार्यकर्तालाई निर्देशन दिएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरु आइरहेकाले सर्तकता अपनाउन आग्रह गरेका हुन्।

‘पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुने र यात्रुहरु प्रभावित हुने क्रम बढ्दै गएको बताउँदै उनले राजमार्गहरुमा ट्राफिक नियमको पालना गर्न अनुरोध गरेका छन्। भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरु आइरहेका छन् । पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुने र यात्रुहरु प्रभावित हुने क्रम बढ्दै छ । त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरुमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु ।’ एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘हाम्रो पार्टीको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्दार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु।’

ओलीले बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरुलाई यथोचित परिचालन गरोस् भन्दै ध्यानाकर्षणसमेत गराएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.