माओवादी शक्तिहरू एक हुन्छौं : प्रधानमन्त्री

माओवादी शक्तिहरू एक हुन्छौं : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू भ्रष्टाचारविरोधी लडाइमा सतिसालझैं उभिने बताएका छन्। बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको बताए।

सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु,'उनले भने,' भ्रष्टहरूमाथि कारवाही सुरू भएको छ। ललिता निवासको फाइल फेरि खोलिएको छ। यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ।'

प्रधानमन्त्री दाहालले  माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्दै गएको बताए। '२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौं। तर,पार्टी एकतावद्ध हुन सकेन। टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो। फेरि एउटा नयाँ परिस्थिति बनेको छ,'प्रधानमन्त्रीले भने,' माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्दैछ। पार्टी एकता संयोजन समिति बनाइन्छ र बृहत एकतासहित अगाडि बढिन्छ।'

उनले  २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरि परिणाम आउने दावी गरे।

'इतिहासको तागतको बलमा हामी सरकारमा छौँ, कतिलाई यो कुरा पचिरहेको छैन। भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त छन्। हैरान र परिसान छन्। तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौँ। सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौं। सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्रहरू छन्। तर,तिनीहरूलाई जनताले नै ठीक पार्छन्,'प्रधानमन्त्रीले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.