प्रश्न उठेपछि प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ : कांग्रेस सांसद राणा
काठमाडौं : नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले अभिव्यक्तिका बारेमा प्रश्न उठेपछि प्रधानमन्त्री प्रचण्डले संसदमा आएर जवाफ दिनुपर्ने बताएका छन्।
बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै राणाले प्रधानमन्त्रीको अभिव्यक्तिमा तर्क वितर्क गर्नुभन्दा पनि संसदमा आएर जवाफ दिएर स्पष्ट पार्नुपर्ने बताए।
उनले अहिले प्रधानमन्त्रीको राजीनामा मागेर देशलाई अस्थिरतातर्फ लैजान नहुने उल्लेख गरे। निर्वाचन भएको ८ महिनामा ८ वर्षमा हुने घटनाक्रमहरू भएको र सरकारले काम गर्न नपाएको भन्दै उनले कांग्रेस सत्ताभन्दा पनि स्थिरतातर्फ केन्द्रित भएको बताए।