इजरायली राजदूत टीकापुरमा

इजरायली राजदूत टीकापुरमा
सुन्नुहोस्

टीकापुर : नेपालका लागि इजरायली राजदूत हनान गोडेर टीकापुरमा आइपुगेका छन्। सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय डीन कार्यालय टीकापुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न इजरायली राजदूत गोडेर टीकापुर पुगेका हुन्। 

नेपाल सरकार र इजरायली सरकारबीच भएको सम्झौता अनुसार कृषि विज्ञान संकायमा अध्ययनरत विद्यार्थीका लागि सुरु गरिएको ‘अर्न एण्ड लर्न’ कार्यक्रमलाई सम्बोधन गर्न राजदुत गोडेर टीकापुर पुगेका हुन्। 

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय टीकापुरमा अध्ययनरत ५० जना विद्यार्थी उक्त कार्यक्रममा सहभागी हुन आगामी सेप्टेम्बरमा इजरायल जानेछन्। ती विद्यार्थीलाई इजरायलमा हुने भ्रमण, कृषिको अवस्था र अर्न एण्ड लर्न कार्यक्रमका बारेमा जानकारी दिन राजदूत गोडेर टीकापुर पुगेका हुन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत गोडेरले इजरायल र नेपालको सम्बन्ध ६०औं पूरानो भएको बताउँदै कार्यक्रमबाट विद्यार्थीले इजरायलले कृषि क्रान्तिमा गरेको प्रविधिको प्रयोगबारे सिक्ने, बुझ्ने र कमाउने महत्वपूर्ण अवसर भएको बताए। 

‘इजरायलमा जम्मा दुई प्रतिशत मात्रै किसान छन्, तर त्यहाँ प्रयोग भएको प्रविधि र कृषिको उत्पादनले हामी अन्य देशमा आफ्ना उत्पादनहरु निर्यात गरिरहेका छौं,’ राजदूत गोडेरले भने, ‘हप्तामा एक दिन पढ्ने, पाँच दिन किसानको फर्ममा काम गर्दै सिक्ने र त्यहाँ सिकेको ज्ञान, प्रविधि नेपालमा प्रयोग गर्ने यो निकै महत्वपूर्ण अवसर हो, यसलाई सदुपयोग गर्नुहोला।’ 

उनले कार्यक्रममा सहभागी हुने विद्यार्थीले एजरायलले गरेका प्रयासहरू नेपालमा भित्र्याउन सकेमात्रै कार्यक्रमको औचित्य पुष्टि हुने बताए। कार्यक्रममा सहभागी हुने विद्यार्थीका लागि आयोजित कार्यक्रमबारे नेगेभ कलेज इजरायलका प्राध्यापक डाक्टर नेहोरेले सहजीकरण गरेका थिए। 

‘हामी प्राक्टिकल ज्ञानमा आधारित कार्यक्रमका माध्यमबाट सिकाउने प्रयास गरिरहेका छौं। यो कार्यक्रमको अवधारणा सिकेर तपाईँ आफ्नो देशमा नयाँ प्रोजेक्ट बनाउनु सक्नुहुनेछ,’ प्राध्यापक डाक्टर नेहोरेले भने, ‘इजरायलको आधा भाग मरुभूमि हो। तैपनि कृषिमा भइरहेको प्रविधिको विकासले हरियाली छ, तपाईको मेहनत र सिकाईले नेपालमा धेरै कुरा गर्न सकिन्छ।’

कृषि संकायका डीन डाक्टर लालप्रसाद अम्गाईले सुदूरपश्चिम विश्वविद्यालयबाट पहिलो पटक ५० जना विद्यार्थी उक्त कार्यक्रममा इजरायल जान लागेको जानकारी दिए। 


सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीमाझ इजरायली राजदूत गोडेर। तस्बिर : परमानन्द पाण्डे 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.