प्रधानमन्त्रीको अभिव्यक्ति गलत हो, आलोचना जरुरी छ : विश्वप्रकाश शर्मा

प्रधानमन्त्रीको अभिव्यक्ति गलत हो, आलोचना जरुरी छ : विश्वप्रकाश शर्मा
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को अभिव्यक्तिलाई सत्तारुढ दलका सांसदले समेत विरोध गरेका छन्। नेकपा एमालेसहितका विपक्षी दलले प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गरिरहेका बेला नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको नै गल्ती भएको बताएका छन्। 

उनले प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुने बताए। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले भने,‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो । मित्र राष्ट्रहरुलाई मित्रताकै सिमामा राख्ने कर्तव्य मुलत प्रधानमन्त्रीकै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो। प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ।’ सत्तारूढले नै प्रश्न गरेको बताउँदै उनले प्रतिपक्षको त मुल कर्तव्य भएको बताए। 

शर्माले आलोच्य अभिव्यक्तिको आलोचना जरुरी भएको बताए।  मिटर ब्याज पीडितहरुलाई न्यायदिन ल्याइएको `केही नेपाल ऎन संशोधन गर्ने विधेयक´ पारित हुन दिएर मात्र अवरोध गरौं भन्ने बुद्धिमत्ता कुनैपनि विपक्षी दलमा नदेखिएको उनको भनाई छ। ‘मिटर ब्याजीहरुलाई कारबाही गर्न र पीडितलाई न्यायदिन सरकारले ल्याएको अध्यादेश संविधानको धारा ११४ अनुरुप बुधबार ६० दिन कट्नुपुर्व संसदबाट पारित नभएपछि स्वत: निष्क्रिय भएको छ।’सांसद शर्माले भने,‘एकापसलाई दोष दिएर हामी उम्कौँला तर पीडितलाई जवाफ के दिने ? कि फेरि तिनको आन्दोलनमा पलेटी मार्न जाने ?’

कांग्रेसका सांसद उदयशम्शेर राणाले पनि अभिव्यक्तिका बारेमा प्रश्न उठेपछि प्रधानमन्त्री प्रचण्डले संसदमा आएर जवाफ दिनुपर्ने बताएका छन्। राणाले प्रधानमन्त्रीको अभिव्यक्तिमा तर्क वितर्क गर्नुभन्दा पनि संसदमा आएर जवाफ दिएर स्पष्ट पार्नुपर्ने बताए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राप्रपा र रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नआएसम्म संसद् चल्ने नदिने अडान राखेका छन्।

के भनेका थिए प्रधानमन्त्रीले ?

गत सोमबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए। ‘यो यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली जानु पनि भयो। काठमाडौँका पार्टीहरुलाई, नेताहरुलाई पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभो। उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ।’ उनले भनेका थिए, ‘म शान्ति प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट, हुन त हाम्रो कमरेड पम्फा भुसाल हुनुहुन्छ उहाँको नजिकै घर भएका हुनाले पनि लगातार अन्तर्क्रिया, सहकार्य हुने गर्‍यो। र हामीले नजिकबाट एक अर्काले चिन्ने, बुझ्ने र महसुस गर्ने पनि गर्‍यो।’

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.