सार्वजनिक सवारी साधनमा यात्रुको रकम चोरी गर्ने चारजना पक्राउ
काठमाडौं : सार्वजनिक सवारी साधानमा यात्रुको रकम चोरी गर्ने चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३१ वर्षीय सञ्जित तामाङ,३३ वर्षीय आइतमान तामाङ,२१ वर्षीय सिवना तामाङ र ५८ वर्षीया मंगल लक्ष्मी श्रेष्ठ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
असार १९ गते ललितपुर महानगरपालिकाको वडा नम्बर १९ ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट ७ हजार ०४७ अमेरिकी डलर (नेपाली रुपैयाँ ९ लाख २३ हजार १५७ ) चोरी कार्यमा संलग्न सञ्जिव, आइतमान र सविनालाई २ लाख नगद र मोबाइलसहित प्रहरीले पक्राउ गरेको हो।
चोरीको डलर सटही गरिदिने मंगल लक्ष्मी श्रेष्ठलाई ललितपुरको वकुबहालस्थित मनी एक्सचेन्जबाट अमेरिकी डलर २ हजार ८०० सहित पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई चोरीसम्बन्धी कसूरमा थप आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको छ।