जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान
सुन्नुहोस्

हेटौंडा : हेटौंडा उपमहानगरपालिका-१६ ले बिहीबार जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ। सो अवसरमा वडाका पाँच वटा टोल विकास संस्थाका ७५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो।

जेष्ठ नागरिक मञ्च हेटौंडा– १६ का अध्यक्ष देवनारायण ढकाल तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेश सांसद् इन्द्रबहादुर बानियाँ, हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ र वडा अध्यक्ष रामकृष्ण कोइरालाले जेष्ठ नागरिकहरूलाई खादा ओढाएर सम्मान गरेका हुन्। 

उनीहरूलाई ब्लाङ्केट, लठ्ठी र नगद पाँच सय रुपैयाँसमेत प्रदान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद् बानियाँले वृद्धवृद्धाहरूको उचित स्याहारसुसार र हेरविचार गर्नु राज्यको दायित्व हुन आउने बताउँदै यसतर्फ वडाले ध्यान दिएकोमा खुसी लागेको बताए।

उनले परिवारका सदस्यका साथसाथै टोल, समाज र राज्यका निकाय स्थानीय सरकारलेसमेत यसतर्फ ध्यान दिई आफ्नो वडामा रहेका जेष्ठ नागरिकहरूको उचित हेरविचार गर्नुपर्नेमा जोड दिए। 

हेटौंडा १६ का बाँकी १० वटा टोल विकास संस्थाका जेष्ठ नागरिकलाई साउनको पहिलो हप्ता सम्मान गरिने वडा अध्यक्ष कोइरालाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.