नाबालिका बलात्कार प्रकरणमा एलओडीका सञ्चालक विरुद्ध पक्राउ पुर्जी, आरोपी पक्राउ

नाबालिका बलात्कार प्रकरणमा एलओडीका सञ्चालक विरुद्ध पक्राउ पुर्जी, आरोपी पक्राउ
सुन्नुहोस्

काठमाडौं : ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवाल विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

एलओडी गएकी नाबालिकालाई बागडोल लगेर बलात्कार गरेको अभियोगमा पोखराका सुदनबहादुर कोइराला पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नवराज कार्कीका अनुसार सुदनले १६ वर्षीया बालिकालाई झुक्काएर कोठामा पुराई बलात्कार गरेको उजुरी परेको छ। 

कार्की भन्छन्, ‘बालबालिका सम्वन्धी ऐन २०७५ को दफा ६६ अनुसार नाबालिकालाई मनोरञ्जनस्थलमा प्रवेश गराउन पाइँदैन। एलओडी सञ्चालकले बालबालिकाको उमेर नै नहेरी प्रवेश दिएको भेटिएको छ। जुन गैरकानुनी हो। पक्राउ पुर्जी जारी भएका एलओडी सञ्चालक फरार छन्। उनीहरूविरुद्ध जिल्ला अदालत, ललितपुरबाट पक्राउ पुर्जी लिएर प्रहरीले खोजी गरिरहेको छ। 

जेठ ३१ मा बिहान बागडोलस्थित कार्यालयमा बलात्कृत भएको भन्दै पीडितले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन। 

जाहेरी परेपछि कोइरालालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो। बयानका क्रममा उनले पीडित उमेर पुगेको युवती भएको दाबी गरेका थिए। उमेर नपुगेका बालिकाले क्लबमा प्रवेश नपाउने जिकिर गर्दै कोइरालाले बालिका नाबालिक नभएको बताएका छन्। 

उदयपुरकी नाबालिका एसईई दिएर काठमाडौं आएकी थिइन्। साथीहरूसँगै क्लब गएकी उनी साथी हराएपछि सुदिनकै गाडीमा बागडोल फर्किएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.