एल‌ओडीका सञ्चालक राजुसिंह सुवाल पक्राउ

एल‌ओडीका सञ्चालक राजुसिंह सुवाल पक्राउ

काठमाडौं : ललितपुर प्रहरीले ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स)का सञ्चालक राजुसिंह सुवाललाई पक्राउ गरेको छ। ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले एलओडीका सञ्चालक सिंहलाई पक्राउ गरेको पुष्टि गरे।

'सुवाललाई हामीले आज साँझ बालुवाटारबाट पक्राउ गरेका हौं। अब आवश्यक अनुसन्धान प्रक्रिया थाल्छौं,' उनले अन्नपूर्णसँग भने। गैरकानुनी तरिकाले बालिकालाई प्रवेश गराएको भन्दै सञ्चालकद्वय रुदिलवल्लव श्रेष्ठ र सुवालविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

यसअघि एलओडी गएकी बालिकालाई बागडोल लगेर बलात्कार गरेको अभियोगमा पोखराका सुदनबहादुर कोइरालालाई प्रहरीले पक्राउ गरेको थियो। १६ वर्षीया बालिकालाई झुक्काएर कोठामा पुराई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले सुदनलाई पक्राउ गरेको थियो। 

बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार नाबालिकालाई मनोरञ्जनस्थलमा प्रवेश गराउन पाइँदैन। एलओडी सञ्चालकले बालबालिकाको उमेर नै नहेरी प्रवेश दिएको प्रहरीको भनाइ छ। अर्का सञ्चालक रुदिलवल्लव श्रेष्ठको खोजी भइरहेको एसएसपी शाहले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.