विपक्षीले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने प्रचलन कतै छैन : सरकारका प्रवक्ता

विपक्षीले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने प्रचलन कतै छैन : सरकारका प्रवक्ता
सुन्नुहोस्

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने प्रचलन कतै नरहेको बताएकी छन्। प्रेस सेन्टर नेपाल काठमाडौं शाखाले शुक्रबार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा मन्त्री शर्माले प्रधानमन्त्रीले भावनात्मक र एउटा मान्छेको विषयमा बोलेको विषयलाई उठाएर संसद अवरुद्ध गरेको भन्दै आपत्ती जनाइन्। प्रधानमन्त्रीको राजीनामा माग्ने काम नियोजित देखिएको भन्दै मन्त्री शर्माले  विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने प्रचलन कतै नरहेको बताइन्।

उनले सरकार गठन भए देखिनै सुशासनको पक्षमा दृढता पूर्वक उभिएकाले कतिपयको टाउको दुखाई भएको तर्क गरिन्। उनले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट पारिन्।

मन्त्री शर्माले सदनको गतिरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको प्रतिस्थापन विधेयकजस्ता महत्वपूर्ण र संवेदनशील विषयलाई अघि बढाउन नपाइएको उल्लेख गरिन्। नागरिकता सम्बन्धी विषयमा पनि अनावश्यक रुपमा सरकारलाई विवादमा ल्याउने प्रयन्त भएको उल्लेख गर्दै उनले नेपालीलाई नागरिकता प्रदान गर्न र विदेशीलाई नागरिकता दिनबाट रोक्न सरकार गम्भीर रहेको बताइन्।

उनले  संघीय निजामती ऐन र संघीय शिक्षा ऐनलाई अगाडि बढाउने प्रक्रियामा सरकार रहेको पनि जानकारी गराइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.