दोलखाको हुलाक कार्यालयका १४५ जना कर्मचारी अनिवार्य अवकाशमा

दोलखाको हुलाक कार्यालयका १४५ जना कर्मचारी अनिवार्य अवकाशमा
सुन्नुहोस्

दोलखा : जिल्लाको हुलाक कार्यालयमा कार्यरत १४५ जना कर्मचारी अनिवार्य अवकास हुने भएका छन्। सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने निर्णयसँगै दोलखाका ४३ वटा अतिरिक्त हुलाक कार्यालय खारेज हुने भएको छ। जसका कारण  १४५ जना कर्मचारी अनिवार्य अवकास हुने भएका हुन्। 

कर्मचारीहरुलाई अतिरिक्त हुलाक नियमावली अनुसार सेवा सुविधा दिएर अवकाश दिने सरकारले तयारी गरेको छ। 

दोलखामा अतिरिक्त हुलाक कार्यालयमा एक जना हुलाक प्रतिनिधि, दुई जना पत्र वितरक र एक जना डाँकबाहक सहित चार जना गरी कुल १४५ जना कर्मचारी रहेको जिल्ला हुलाक कार्यालयका प्रमुख सुरेशबाबु घिमिरेले जानकारी दिए। 

हुलाक कार्यालयअन्तर्गत जिल्लामा अतिरिक्त हुलाक, इलाका हुलाक र जिल्ला हुलाक रहेका छन्। जफे, मेलुङ, जिरी, शैलुङ, सुनखानी, बिगु, खोपाचागु, खारे, र लामाबगरमा इलाका हुलाक कार्यालय रहेका छन्। ९ वटा इलाका हुलाक कार्यालयमा १९ जना र जिल्ला हुलाकमा हुलाक अधिकृतसहित १७ जना कर्मचारी रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.