प्रधानमन्त्रीले देशको सार्वभौमसत्तामाथि मजाक उडाए, यो मामुली कुरा होइन : ओली

प्रधानमन्त्रीले देशको सार्वभौमसत्तामाथि मजाक उडाए, यो मामुली कुरा होइन : ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले देशको सार्वभौमसत्तामाथि मजाक उडाएको बताएका छन्। स्ववीयु काउन्सिल नेपालको १०औं राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको किर्तिपुरमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले राष्ट्रियता र देशको सार्वभौमसत्तामाथि मजाक उडाएको बताए।

ओलीले भने, ‘नेपाली सांसद्हरूले सरकार बनाउने होइन। दिल्ली दौडिएर सरकार बन्छ। राष्ट्रियतामाथि मजाक उडाइएको छ। देशको सार्वभौमसत्तामाथि मजाक उडाइएको छ। हामीले राजीनामा माग्यौं, यो अत्ति भयो, संसद्को अपमान भयो, संविधानको बर्खिलाप भयो, लोकतन्त्रको उपहास भयो भनेर। यो मामुली कुरा होइन।'

ओलीले गठबन्धनको दम्भ बढेको बताए। ओलीले भने, ‘हिजो गठबन्धनका नेताहरूले मसल देखाएर भोलि संसदमै भेटौंला भने। गठबन्धनका नेताहरूले वार्ता गर्छौं, समाधान गर्छौं भन्नुभएन, सामना गरौंला भन्नुभयो। प्रतिपक्षिको तर्फबाट नम्रताका साथ भन्न चाहन्छु, सत्ता पक्षले संसदमामात्रै होइन, जहाँ भन्छ त्यहाँ हामी तयार छौं। स्पट तोकेर बोलाए हुन्छ, त्यहाँ पुग्न तयार छौं।’ 

नेपालको सार्वभौमसत्ता नेपालको संसद् र नेपाली जनतामा निहित रहेको ओलीको भनाइ छ। ओलीले भने, ‘प्रधानमन्त्री आफैँले एउटा प्रमाण बल्ल पेस गर्नुभएको छ। त्यस्ता कति प्रमाण छन्। कति कुदेका छन् दील्ली। उहाँले एउटा मित्र राष्ट्रलाई दिल्लीले हामी कहाँ कोही आएको छ भनेको छैन। प्रितम सिंहले प्रेस कन्फ्रेन्स गरी भन्नुहुन्छ म दिल्ली प्रचण्डलाई प्रधानमन्त्री बनाउन गएको होइन भनेर। उहाँले किन भन्नुहुन्छ उहाँले नै जान्नुहुन्छ।'

प्रधानमन्त्री दाहालले प्रितम सिंहलाई बेकारमा मुछेको बतँए। 'प्रितम सिंह दिल्ली नै जानुभएको छैन। तर दिल्ली जानुभयो प्रितम सिंह भनेर प्रचण्डज्यूले झुट बोल्नुभयो। मित्रराष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भनेर अहिलेसम्म भनेको छैन। त्यो भन्नु नेपालको सार्वभौमसत्ता विपरीत हुन्छ। त्यो कुरा भारतलाई पनि थाह छ। भारत भन्दैन तर, नेपालको प्रधानमन्त्री भनिरहेका छन्। नेपालको सार्वभौमसत्ता नेपालको संसद् र नेपाली जनतामा निहित छैन,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.