ललिता निवास प्रकरणमा आरोप पुष्टि भए माधव नेपाललाई पनि कारबाही गर्नुपर्छ : प्रेम आले
काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको पनि संलग्नता पुष्टि भए कारबाही हुनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा दृश्यमा खप्तड विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै आलेले ठूला ठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए कारबाही हुनुपर्ने बताए।
उक्त प्रकरणमा धेरै व्यक्तिको नाम आएकाले निष्पक्ष छानविन गरी दोषी भए कारबाही गर्नुपर्ने उनले बताए। उनले सरकारले भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम निकै राम्रो भए पनि सरकारले जनतालाई दिने सेवामा ढिलासुस्ती भइरहेको जिकिर गरे।
उनले सरकारले कामकारबाहीमा सुधार नआए पार्टीले सोच्नुपर्ने बेलासमेत आउनसक्ने बता। पूर्वपर्यटनमन्त्रीसमेत रहेका आलेले राज्यको सम्पती दोहन नहोस भनेर आफूले पशुपति जग्गाको विषयमा आवाउ उठाएको बताए।