रास्वपाका महामन्त्री भन्छन् : लडाकु शिविर प्रकरण बाहिर आउने डरले माओवादी सत्ता बाहिर बस्दैन

रास्वपाका महामन्त्री भन्छन् : लडाकु शिविर प्रकरण बाहिर आउने डरले माओवादी सत्ता बाहिर बस्दैन
फाइल तस्बिर।
सुन्नुहोस्

लुम्बिनी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले नेकपा (माओवादी केन्द्र) लडाकु शिविर प्रकरण बाहिर आउने डरले सत्ता बाहिर बस्न नसक्ने दाबी गरेका छन्। प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भैरहवा आएका ढकालले माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत नभएको बताएका हुन्।  

उनले भने, ‘तपाईंहरुलाई थाहा नै छ। लडाकु शिविर प्रकरण बाहिर आउने डरले माओवादी सत्ता बाहिर निस्कन सक्दैन। माओवादी सधैं सरकारमा बसिरहन्छ। माओवादी सधैं सरकारमा टाँस्सिरहन्छ। माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत ल्याकत छैन लडाकु शिविर प्रकरणका कारण पनि। ’

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा मागेको बताउँदै महामन्त्री ढकालले विकल्प दिएर राजीनामा माग्न सुझाव दिए। ‘प्रधानमन्त्रीले दिल्लीसँग चाहिँ आफूलाई प्रधानमन्त्री बनाउन लमि गरेजस्तो देखिन्छ। जुन वास्तममा मर्यादा अनुसार भए। यसको आधारमा एमालेको राजीनामा मागेको छ। हामीले राजीनामा मागिरहेका छैनौं। हामीले प्रधानमन्त्रीले किन बोल्नुभयो भन्नेबारे आफ्नो कुरा स्पष्ट पार्नुपर्छ । उहाँले स्पष्ट पारेको आधारमा हामी थप टिप्पणी गर्नेछौँ। हाम्रो धारणा यहि हो। ’ 

उनले कांग्रेस र एमालेलाई मिलेर सरकार बनाउन सुझाव दिए। ‘हाम्रो एउटा सुझाव छ, कांग्रेस एमाले मिलुन सरकार बनाउन्। कांग्रेसले एमालेलाई वा एमालेले कांग्रेसलाई सघाओस्। ’उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.