ब्राजिलमा भूकम्पले क्षति पुगेको भवन भत्किँदा नौ जनाको मृत्यु
ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा शुक्रबार गएको भूकम्पबाट क्षति पुगेको घर भत्किँदा उनीहरूको मृत्यु भएको राज्यको सामाजिक सुरक्षा सचिवालय (एसडीएस) लाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
ब्राजिल : ब्राजिलमा एक भवन भत्किँदा चार बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।
ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा शुक्रबार गएको भूकम्पबाट क्षति पुगेको घर भत्किँदा उनीहरूको मृत्यु भएको राज्यको सामाजिक सुरक्षा सचिवालय (एसडीएस) लाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
सीएनएनका अनुसार ती बालबालिकाको उमेर पाँच, आठ, बाह्र र सोह्र थियो । उद्धारकर्मीले शनिबार बिहान १९ वर्षीय एक युवकको शव लाई भग्नावशेषबाट बाहिर निकालेको छ ।
एसडीएसका अनुसार राज्यको राजधानी रिसिफको बाहिरी इलाकामा रहेको जाङ्गा जिल्लामा अर्को एउटा भवन भत्किएर भग्नावशेषमा पुरिएका तीन जनालाई जीवितै उद्धार गरिएको छ भने अन्य पाँच जना अझै हराइरहेका छन् ।
जाङ्गा ब्राजिलको पर्नाम्बुको राज्यको पाउलिस्टा शहरको छिमेकी जिल्ला हो । एसडीएसले आफ्नो फेसबुक पेजमा कन्जुन्टो बेइरा मार भवनमा शुक्रबारदेखि जारी उद्धार प्रयासमा सहयोग गर्न अग्निनियन्त्रक र सार्वजनिक सुरक्षा टोलीहरू यस क्षेत्रमा पठाइएको जनाएको थियो ।
भूकम्पका कारण भएका क्षतिबारे थप विवरण आउन केही समय लाग्ने बताइएको छ ।