युक्रेन-रुस युद्धको ५०० दिन कट्यो, द्वन्द्व झनै चर्किंदै

युक्रेन-रुस युद्धको ५०० दिन कट्यो, द्वन्द्व झनै चर्किंदै
फाइल तस्बिर।
सुन्नुहोस्

किभ : युक्रेनमा रूसी आक्रमणको ५०० औं दिनमा पनि युद्ध अन्त्य हुने कुनै आभाष महशुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन्। 

युद्ध सुस्ताउनुको सट्टा चर्किंदै जाँदा युक्रेनी सेना पर्याप्त हातहतियार र गोलाबारुदको अभावबीच यसका मुख्य शहरहरू निरन्तर खतरामा परेपनि आफ्नो पदीय दायित्व पूरा गर्न रूसी आक्रमणको प्रतिरोध गर्दै बिस्तारै अघि बढिरहेका छन्।

जुन महिनाको सुरुदेखि नै युक्रेनको सेनाले पूर्व र दक्षिणमा रूसी सेनाले कब्जा गरेको क्षेत्र पुनः कब्जा गर्न आक्रमण गरिरहेको छ। आक्रमणबाट क्षति बेहारेको रूसी सेनाले क्रूर प्रतिरोध गरिरहेको छ।

दक्षिणी युक्रेनको निकोपोल सहरकी ७३ वर्षीया अवकाशप्राप्त शिक्षिका एन्टोनिना मोराखोवस्काले भनिन्, 'रूसी सेनाले बलियो किल्ला निर्माण गरेका छन्, उनीहरूसँग धेरै उपकरणहरू छन्। हाम्रो सेना कसरी अगाडि बढ्छ। यो वर्षामा उनीहरूका लागि सजिलो छैन। हाम्रा लागि लडिरहेका उनीहरूको भविष्यबारेमा म सधैं सोच्छु। तर के गर्ने कमजोर परिस्थितिले युक्रेनलाई घाटामाथि घाटा भइरहेको देखाउँछ।'

उनले यो सत्यको लागि लडाईं भएकोले जीत कठिन भए पनि कुनै दिन अवश्य जित्ने बताइन्।

पश्चिमी सैन्य सहायताको रूपमा अरबौं युरो प्राप्त गरे तापनि युक्रेनी सेनाले आक्रमण सुरु भएदेखि लगभग एक दर्जन गाउँहरू र केही सय वर्ग किलोमिटर क्षेत्र मात्र फिर्ता लिन सफल भएको छ।

गत वर्ष युक्रेनको सेनाले गत सेप्टेम्बरमा खार्किभ क्षेत्रको नौ हजार वर्ग किलोमिटर र नोभेम्बरमा खेरसन क्षेत्रको पाँच हजार वर्गकिलोमिटर क्षेत्र पुनः कब्जा गरेको थियो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी हप्ता हुने नेटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा पश्चिमा शक्तिलाई लामो दूरीका हतियार र एफ–१६ लडाकू विमानका लागि दबाब दिएका छन्।

'आक्रमण तीव्र गतिमा हुँदैन, यो सत्य हो। तर पनि हामी अगाडि बढिरहेका छौं,' यसै साता प्रागको भ्रमणका क्रममा राष्ट्रपति जेलेन्स्कीले भनेका थिए। 


रुसी आक्रमणमा छ जनाको मृत्यु

पूर्वी युक्रेनको लिमानमा रुसी आक्रमणमा परी शनिबार छ जनाको मृत्यु भएको छभने अन्य पाँच जना घाइते भएका छन्। 

लिमानमा शनिबार बिहानैदेखि रुसी फौजले रकेट प्रहार गरेको र त्यसमा परेर छ जनाले ज्यान गुमाएका तथा अन्य पाँच जना गम्भीर घाइते भएका क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले पुष्टि गरेका छन्। 

सामाजिक  सञ्जालमा उनले शहमा धेरै रकेट लञ्चरबाट प्रहार भएको तथा रुसी आक्रमणले लिमानका केही भागमा आपत्कालीन परिस्थित सृजना गरेको लेखेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.