विनाशको बीउ रोप्दै बिचौलिया
वर्तमान बिचौलियाहरूको राज ! बिचौलियाका पर्याय– काम गर्ने कालु मकै खाने भालु । काम गर्ने भोकोपेट !
भुटानी शरणार्थीको मुकुण्डो। सजीव देहधारी मानुष बनाम भू–तत्त्व बौरिएका अल्याख प्रेतात्मा। हामीजस्ता चपला–अबला नेपाली चेतना। भुटुकिएर मर्माहत रहेका रह्यो भयौं। योभन्दा चर्को चपेटा चोट सह्य नभएर मूच्र्छित पार्ने अन्तरघात प्रतिघात अरू के ? एक जिम्मेवार देश संवाहक भूतप्रेत तत्त्वधारीले पिरोलिएका नेपाली नागरिक हामी। ...लाई भन्दा देख्नेलाई लाज ! यस्तो पनि हुँदो रैछ, नेपाली लोकतन्त्र !
विश्वका आँखामा आँखा जुधाउन लाज अन्तरचेत लागेकाका लागि ! हे पशुपतिनाथ ! त्रिनेत्रधारी– हे महादेव ! देवहरूका नि देव– महादेव ! एक पटक चर्मचक्षु दुई आँखा बीचका तेस्रो दिव्य चक्षु विवेक ब्रह्म चक्षु पर्लक्क उघारी हाल्नुपर्ने घडिकाघरान अवस्था यो...! संरक्षक बनाम भक्षक तन्त्र ! भष्मधारी मसान महात्म्य ! अपरम्पार... परम्परा नै नभएको वर्तमान चाल !
वर्तमान बिचौलियाहरूको राज ! बिचौलियाका पर्याय–काम गर्ने कालु मकै खाने भालु। काम गर्ने भोकोपेट ! बकमफुसे बकवादीहरू शेरा बन्ने मन्त्रजपुवा तन्त्र। जुक्ति भुक्तिमुक्ति तन्त्र, वर्तमानका यथार्थ चिन्तन चित्र–पोस्टर–व्यंग्य चित्र... कार्टुन ! युगै कार्टुने– उपहासे मुहूर्त ! पदासीन–सत्ताधारीहरू पात्र यसकै। झोले तिमी, हामी, उहाँ केहीबाहेक युगीन साझेदार भुक्तभोगी। मानौं जमानाका युगीन हकदार। भविष्यका धिक्कार तिरस्कार, दुत्कारका पात्र। लोकतन्त्रका सारगर्भित वरदान अधिकार बिच्क्याहत–वरदान ! हे प्रभु भगवान् ! मार्ग प्रशस्तीकरण निमित्त कसलाई पछ्याउँ...? झोलेनाथ प्रभू बनाम नेता जति आफू अनि आसेपासे प्रियजनवादी प्रभू श्रीमान् महोदयहरूलाई ?
देश–नेपाल राष्ट्र घूसखोरहरूको तहगत महापापी श्रामनेरहरू सम्मिलित रहेका आमसञ्चार माध्यमहरू झ्याउँकिरी धुन झंकृत् पार्छन्। झ्यानाकुटी झ्यानाकुटी झ्याइँ गर्ने बाजा बजाइरहेछन्। घुस खानेमाथि निगरानी कारबाही गर्नेहरू तहगत रूपमा सम्मिलित रहेको दैव दुन्दुगी छ। जो अगुवा उही... बनेको पाइएका छन्। झल्यास्स झन्किएछु आफंै। राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहका दिव्य उपदेश ‘निञा निसाप बिगान्र्या भन्याको घुस दिन्या र षान्या ईन दुइको ता धर जिव गरी लियाको पनि पाप छैन, ई राजाका (राष्ट्रका) महासतुर हुन्।’
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका शासनकालको २ सय ७५ वर्षपछाडि पनि दिव्य उपदेश अझै पनि सान्दर्भिक छन् उत्तिकै। यस कोणमय समाज आयामिक समस्याका प्रसंग छैन। तथापि शुद्ध नेपाल आमाका सहोदर छोराछोरी पनि नक्कली भुटानी नागरिक बनाम अमेरिका, क्यानडा, अस्टे«लिया, ब्रिटेनमा शरणार्थी बन्ने झुठमुठे संकल्प अजीव भयो !
राम हे...! स्वदेश–स्वराष्ट्रप्रतिको व्यग्रता ! जीवनप्रतिको अनास्था ! आफैंमा कत्रो अनास्था ! कलियुगे धर्म आस्था ! कत्रो विडम्बना ! जो उद्धारक, उही घातक ! नेपाल आमाका मुटुमा छुराका प्रहारक ! कहनु न सहनुका व्यथा ! लघुकथा। व्यथावाहक ठेला गाडा। घचेडेञ्जेल लुरुकलुरुक ! घचेट्न छाड्यो जहाँको तही टुक्रुक्क ! कत्रो दुर्दशा आमा नेपालप्रति ! हरि बियोग !
युवराज ज्ञवालीको अन्नपूर्ण पोस्ट् (इजलास)मा प्रकाशित लेख ‘भ्रष्टाचारको जरै उखेलौं’ पठन गर्दा मनमा प्रतिक्रिया जाग्यो। नागरिकताविरुद्ध आयाम पनि कोणमय लाग्न थाल्यो। समय र परिस्थितिजन्य परिवेशमा आयाम तत्तत् स्थितिजन्य हुन्छ। एकनाश रहन्न सदा सधैं बदलिरहन्छ। विश्व परिवेश रहन्न, सदा उस्तै उही। मनोविज्ञान शास्त्रका अध्येता विषयविज्ञहरू बताउँछन्, मानिसका मानसिक स्थिति एकनास रहन्न– स्थिर अनि अविचलित। गतिमान भूगोलको गतिमूलक मानसपटल चलायमान रहन्छ।
गतिवान् प्रकृति, परिवेश, जीवन, समाज एकापसका परिपूरक अनि परिपोषक छन्, रहन्छन्– नित–नूतन। नहँुदा हुन् त यथास्थितिमय हुन्छन्, यथास्थितिजन्य रहन्छन्। गतिमान जीवन जगत् विपरीत बाँच्न सक्छौं नै कसरी ? यही अवसरमा बाल्यकालमा कण्ठस्त पढेको संस्कृत वाङ्मयका कण्ठाग्र श्लोक स्मरणमा आइरहेछ– लोक विरुद्धम् नाचरणियम् ! अर्थात् लोकविरुद्ध कूनै आचरण नगरिउन्। यहाँ त जो रक्षक उही भक्षक...! नेपाल आमा– मातृभूमिले सहुन् नै कुन मुटुले...? कुन चेतले...?
कोणमय समाज आयामिक समस्या भनें। प्रसंगको सान्दर्भिकता एक पाटो सिधा यी भए। अर्को कोणिक व्याख्या पनि बन्न सक्छ। त्यस पाटो पल्टाउने प्रयास गरुँ गरुँ लाग्छ मलाई। ८९ वर्षको संघार टेक्ने बैंस बोकेर बसेको यो कुप्रे उमेरको बहुलठ्ठीपन नहोस्...! कठै साहस गरुँ गरुँ लाग्छ। त्यत्रो धन सम्पत्ति लगाएर बनेको नेपाल आमाको छातीमा लात मार्ने त्यो प्रकृतिलाई के भन्ने ?
मानवीय कि दानवीय ?
विवेकशील महानुभाव वृन्द ! आफंै संश्लेषण गर्नु भए हुन्छ ! कोणमय समाज आयामिक समस्याको चुरो कुरो यिनै न हुन् ?
नेपाली जन्मसिद्ध नागरिकतालाई लत्याएर पराधीन बन्ने प्रवृत्ति सार्थक कि निरर्थक ? दोस्रो त्यत्रो अकुत धनसम्पत्ति कुन स्रोत साधन जुटाएर आर्जे त्यसमा चासो राज्यले राख्ने कि आँखा चिम्लने ? युवराज ज्ञवालीजी ! अन्तरमनका संवाद यो ! शासनसत्ता बागडोर सम्हाल्ने समयसम्म पुगोस्।