निर्माणाधीन घरको दोस्रो तलाबाट लडेर मृत्यु
विराटनगर : मोरङको बेलबारीमा निर्माणाधीन घरको दोस्रो तलाबाट लडेर आइतबार दिउँसो एक जना मजदुरको मृत्यु भएको छ।
बेलबारी नगरपालिका-२ लालभित्तीका माधव ओझाको घर निर्माणमा खटिएका भोजपुर छिनामखुका ३५ वर्षीय ज्ञानेन्द्र बस्नेतको मृत्यु भएको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दिउँसो ४:३० बजेतिर सेटिङको काम गर्दै गरेको अवस्थामा निर्माणाधीन घरको दोस्रो तलाबाट खसेर बस्नेत घाइते थिए।
गम्भीर घाइते अवस्थाका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपुर्याउना साथ चिकित्सकले मृत घोषित गरेको जानकारी दाहालले दिए। उनले घटनाको अनुसन्धान सुरु गरिएको बताए।