खेल पूर्वाधार निर्माणमा तीव्रता

१० औं राष्ट्रिय खेलकुद

खेल पूर्वाधार निर्माणमा तीव्रता
सुन्नुहोस्

सुर्खेत ‍: १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि खेल पूर्वाधार निर्माणलाई कर्णाली सरकारले तीब्रता दिएको छ। प्रदेश खेलकुद परिषद्ले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा आयोजनाका लागि पूर्वाधार निर्माणलाई तीब्रता दिएको जनाएको छ।

२०८१ मंसिर २ गतेबाट कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश राजधानी सुर्खेतमा रहेको रंगशाला निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसकेको छ। प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको रंगशाला १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको ६ महिना अगावै निर्माण सम्पन्न गर्ने गरी तीब्रता पारिएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वमित्र सन्ज्यालले जानकारी दिए। 

उनका अनुसार चालु आर्थिक वर्षको अन्तिमसम्म प्रदेश रंगशालाको भौतिक रुपमा ६० प्रतिशत र ४६ प्रतिशत वित्तीय प्रगति भएको छ। ‘रंगशालाको दर्शक प्यारापिटमा चार हजार कुर्सी जडान गरिसकिएको छ। १० हजार दर्शक अटाउने प्रदेश रंगशालासँगै  पौडी पोखरी, व्यवसायिक सटर निर्माणको काम अन्तिम चरणमा पुगेको छ’, उनले भने। फुटबल मैदानमा दुबो लगाउने, एथलेक्टिस ट्रयाकको सवबेस र नाली निर्माण, विरुवा रोप्ने काम भइरहेको छ। समग्रमा रंगशाला निर्माणको काम तोकिएको लक्ष्य अनुसार नै प्रगति भइरहेको सदस्यसचिव सन्ज्यालले बताए। रंगशाला निर्माणमा हालसम्म ६५ करोड ८५ लाख रुपैयाँ खर्च भइसकेको छ।

राष्ट्रिय खेलकुदका लागि  जिल्लाहरूमा पूर्वाधार निर्माणको काम पनि तीव्र रुपमा भइरहेको जनाइएको छ। जुम्लाको राजासिम मैदानमा माटो भर्ने र लेभलिङको काम भइरहेको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको पातिहाल्नामा क्रिकेट मैदान निर्माण अन्तिम चरणमा पुगेको छ। प्रदेश खेलकुद परिषद्ले चालु आर्थिक वर्षमा चालुतर्फ तीन करोड, ७२ लाख १५ हजार र पुँजीगततर्फ ६१ करोड सात लाख ५६ हजार गरी ६४ करोड ७९ लाख ७१ हजार खर्च गरेको छ। परिषद्ले आगामी आर्थिक वर्षका लागि चालुतर्फ आठ करोड ३२ लाख ७६ हजार र पुँजीगततर्फ ९१ करोड ८७ लाख गरी एक अर्ब १९ लाख ७६ हजार बजेट विभिन्न क्षेत्रमा विनियोजन पनि गरेको छ। 

सदस्यसचिव सन्ज्यालले आगामी आर्थिक वर्षमा प्रदेश रंगशालामा ८५ करोड, हुम्ला हक्की मैदानमा ५० लाख, कालिकोट भलिबल कभर्डहल निर्माणमा ६० लाख, सुर्खेत चिसापानी खेलमैदान निर्माणमा २४ लाख, मैनतडा खेल निर्माणमा १८ लाख, चौरजहारी रंगशालामा ६० लाख, कालिन्चोक मैदानमा २५ लाख, जिल्लास्तरीय मैदान निर्माणमा दुई करोड, जाजरकोट कुदु रंगशाला निर्माणमा १५ लाख, १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि ७० लाख, प्रदेशस्तरीय टिम तयारी तथा प्रशिक्षणका लागि चार करोड ७० लाख र मुख्यमन्त्री कप प्रदेश र जिल्लाका लागि एक करोड १० लाख रुपैयाँ विनियोजन गरेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.