शेर्पा महिला टोलीद्वारा अमेरिकाको हिमाल आरोहण

शेर्पा महिला टोलीद्वारा अमेरिकाको हिमाल आरोहण
सुन्नुहोस्

काठमाडौं : नर्थ अमेरिकन शेर्पा महिला टोलीले नर्थ अमेरिकाको माउन्ट बेकर हिमालको आरोहण गरेका छन्। नर्थवेस्ट शेर्पा एसोसियसनका अध्यक्ष जाङबु शेर्पाका अनुसार १० हजार ७ सय ८१ फिट उचाइको माउन्ट बेकर १२ शेर्पा महिलाको टोलीले आरोहण गरेका हो। 

उनीहरूले गत जुलाई २ तारिखको दिन बिहान १०ः३० बजे चुचुरोमा पुगेर नर्थवेस्ट शेर्पा एसोसिएसनको ब्यानर फहराएका थिए। उक्त टोलीको नेतृत्व १७औं पटक सर्वोच्च शिखर सगरमाथा र पहिलो नेपाली सेभेन समिट आरोहण गर्ने आरोही ल्हाक्पा रिता शेर्पाले गरेका थिए। त्यस्तै सहनेतृत्व पाँच पटक सफल सगरमाथा आरोहण गर्न फुर्बा ग्याल्जेन शेर्पा र निमा नुरु शेर्पाले गरेका थिए। 

माउन्ट बेकर आरोहणमा संलग्न आरोहण दलका सदस्यमा फुरदिकी शेर्पा, पेमा शेर्पा, आङ टासी शेर्पा, मिङमा शेर्पा, सानी शेर्पा, फुर्वा शेर्पा, ल्हाक्पा शेर्पा (वासिङ्टन), दाली शेर्पा, क्रिस्टल शेर्पा (कालिफोर्निया), सोनी शेर्पा, छिरिङ डिडेन 

शेर्पा (न्युयोर्क) र निमा याङजी शेर्पा (पोर्टल्यान्ड) रहेका थिए। 

पहिलो शेर्पा महिला आरोहण अभियानको आयोजना नर्थवेस्ट शेर्पा एसोसिएसनले गरेको हो। गत वर्ष प्रथम नेपाली टोलीको सफल आरोहणपछि दोस्रो पटक पहिलो शेर्पा महिलाको यो अभियान राखेको एसोसियसनका अध्यक्ष जाङबुले बताए। 

उनका अनुसार एसोसिएसनको आयोजनामा नै अन्य दुई टोलीले यही जुलाई १४ देखि १६ र जुलाई २१ देखि २३ तारिखसम्म आरोहण गर्ने भएको छ। यसका साथै अगस्ट २ देखि ४ तारिखसम्म माउन्ट रेनियर (१४,४११ फिट) आरोहण गर्ने भएको छ।    

यस पटक चार टोलीको आयोजना गरेबापत एसोसिएसनले करिब ५० हजार डलरभन्दा माथि रकम संकलन गर्न सफल भएको अध्यक्ष शेर्पाले बताए। पर्वतारोहणको व्यवस्थापनबाट जम्मा हुन आएको सम्पूर्ण रकम एसोसिएसनले निर्माण गर्न लागेको नर्थवेस्टमा शेर्पा सामुदायिक केन्द्रमा खर्च गरिने भएको छ। नर्थवेस्ट शेर्पा एसोसिएसन अमेरिकाको उत्तरपश्चिम क्षेत्रको प्रदेशहरू वासिङटन, पोर्टल्यान्ड, आइडाहो, मोन्टाना, अलास्का र क्यानडाको ब्रिटिस कोलोम्बिया प्रदेशहरूमा बसोबास गर्ने शेर्पाको एकमात्र प्रतिनिधिमूलक संस्था हो। यो संस्थाको कार्यालय वासिंगटन प्रदेशको सियाटलमा रहेको छ।

यो संस्थाको मुख्य उद्देश्यमा आफ्नो जन्मभूमि छाडेर अमेरिकाको विभिन्न क्षेत्रमा बसाइँ सरेपछि मातृभाषा, धर्म, संस्कृति र परम्पराको रक्षा गर्ने रहेको छ। यो एसोसिएसनले अमेरिकाको सियाटलमा एउटा शेर्पा सामुदायिक केन्द्र निर्माण गर्ने उद्देश्य लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.