‘रोजगारी दिने शिक्षा चाहिन्छ’

‘रोजगारी दिने शिक्षा चाहिन्छ’
रञ्जना प्रधान, प्रिन्सिपल, नाइटिङ्गल कलेज
सुन्नुहोस्

विद्यार्थीले आफूले पढ्ने संकाय छनोट गर्दा के–के कुरामा ध्यान दिनुपर्छ ?

आफूले पढ्को विषय वा संकायको विश्व रोजगार बजारमा कस्तो स्थिति छ, अध्ययन गर्नुपर्छ। आफ्नो भविष्यको लक्ष्य के हो ? कुनै अमुक विषय वा संकायका लागि आपूm पूर्णरूपले तयार र योग्य छु कि छैन (आर्थिक, शैक्षिक नतिजा, मनोवल) विचार गर्नुपर्छ। आपूm प्रस्ट नभए आफ्ना अग्रज शिक्षक, आफन्त, आदिलाई सोध्ने लाग्नुपर्छ, लहैलहैमा लाग्नु हुँदैन। 

शैक्षिक गुणस्तर वृद्धिका लागि प्रणाली परिवर्तन आवश्यक छ, कि छैन ?

प्रणालीमै पूर्ण परिवर्तनभन्दा पनि परिमार्जन र संशोधन हँुदै जानुपर्छ। शिक्षामा अनुपयुक्त र राजनीतिक हस्तक्षेप नभए राम्रो। परीक्षा प्रणालीमा अझ केही संशोधन हुन सके उत्तम हुन्थ्यो।

विद्यार्थी पढाइ भन्दै बिदेसिनुको प्रमुख कारण के हो ?
अस्थिर राजनीतिक वातावरण, युवालाई देशभित्रै रोक्ने कुनै भरपर्दो र व्यावहारिक नीति नआउनु, कृषि, पशुपालन, जडीबुटी, खनिज आदि क्षेत्रमा व्यावसायिक रूपमा युवालाई आकर्षित गर्न नसक्दा विद्यार्थी बिदेसिनै जोड गरिरहेका छन्। 

होटल व्यवस्थापन अध्ययन गरेका जनशक्तिले रोजगारी बजारमा दक्षता प्रस्तुत गर्न सकेका छन् कि छैनन् ?

होटल व्यवसाय कोभिडको संकटकालमा विश्वभरिमै केही सुस्ताएको थियो। तर, त्योभन्दा अघि र पछिका समयमा नेपाललगायत विश्वभरिमै यो व्यवसायले गति लिइरहेको छ। यो विषय पढ्न सजिलो तथा रोजगारी पाउन पनि सहज छ। हाम्रा विद्यार्थीले पनि यो व्यवसायमा दक्षता प्राप्त गर्दैछन्। 

नेपाली र विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको शैक्षिक गुणस्तरमा के कस्ता भिन्नता छन् ?
विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरू प्रतिविद्यार्थीको आकर्षण बढ्दो देखिन्छ। वैदेशिक रोजगारीप्रतिको तीव्र आकर्षण पनि यसको कारण हो। हाम्रा स्वदेशी विश्वविद्यालयका पाठ्यक्रमहरू विश्वका अरू कुनै विश्वविद्यालयका भन्दा कम छैनन् तर व्यावहारिक पक्षमा देखिएका कमी कमजोरीचाहिँ समयसापेक्ष रूपमा सुधार गर्दै जान जरुरी छ। 

मुलुकको दश जोड दुई शिक्षाको विकासक्रमलाई कसरी लिनुहुन्छ ?
हरेक अभिभावकको सपना आफ्ना सन्तानले राम्रो अध्ययन गरी दक्षता प्राप्त गरून् भन्ने नै हुन्छ। विगतको प्रवीणता प्रमाणपत्र तहको खारेजी र कक्षा ११÷१२ को अवधारणा प्रारम्भ गरिनुका पछाडि अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रणालीसँग समायोजन गर्न सहज होस् भनेर नै हो। पहिले १२ उच्च माध्यमिक र अहिले १२ मा एसएलसी परीक्षा प्रणाली प्रारम्भ हुनु त्यसैको विकसित अवस्था हो।

मुलुकमा उत्पादित जनशक्तिका लागि हाम्रो रोजगारी बजार पर्याप्त छ कि छैन ?
नेपालको कृषि, जलस्रोत, जडीबुटी, पशुपालनलगायत विज्ञान र प्रविधिका क्षेत्रमा व्यापक सुधार गर्न सकियो भने नेपाली युवाका लागि रोजगारी बजार पर्याप्त हुनसक्छ। नत्र मुलुकमा उचित समयमा योग्य व्यक्तिले योग्य स्थान नपाउने अवस्था रहिरहन्छ।

दश जोड दुई अध्ययन सकेका विद्यार्थीका लागि के–कस्ता रोजगारीका क्षेत्र सिर्जना गर्न सकिन्छ ?

नेपालको अहिलेको वास्तविक समस्या यही हो। त्यसैकारण हरेक दिन लगभग हजारदेखि १५ सय विद्यार्थी बिदेसिने गरेका छन्। यसका लागि व्यवसायमुखी कृषि तथा नेपालको हावापानी सुहाउँदो र बजारको माग अनुसारको आधुनिक शिक्षा प्रणालीको व्यवस्था गरिनु अत्यावश्यक छ।

विद्यार्थीले तपाईंकै कलेजमा किन पढ्ने ? 
हाम्रो कलेजले लामो समयदेखि उत्पादन गरेका विद्यार्थी लगनशील, अनुशासित, मेहनतिका साथै नेपालकै उत्कृष्ट कलेज पुल्चोक, विभिन्न कलेजमा एमबीबीएस, बैंकिङ क्षेत्रहरूमा नाम निकाल्न सफल छन्। यो हाम्रो कलेजको गुणस्तरीय शिक्षाकै कारण हो।  

तपाईंको कलेजमा अध्ययन  गरेका जनशक्तिले रोजगारीका क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?
म जुनसुकै क्षेत्रमा जान्छु (बैंकिङ, हस्पिटल, निजामती आदिमा) त्यहाँ हाम्रै पुराना विद्यार्थी उच्च पदमा काम गरिरहनु भएको छ। त्यसकारण दक्ष जनशक्ति निर्माणमा हाम्रो कलेजले एक इट्टा थप्ने काम पक्कै गरेको छ।

कक्षा ११ मा अध्ययनका लागि विद्यार्थीमा चाहिने न्यूनतम मापदण्ड के हो ?
सैद्धान्तिक रूपमा १.६ जीपीए ल्याउने विद्यार्थीले मात्र पढ्न पाउने भनिए पनि त्योभन्दा तल ल्याउनेले पनि प्राविधिक विषय तथा विभिन्न तालिम लिएर पढ्न पाउने व्यवस्था र अवस्था छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.