संसदको गतिरोध अन्त्य गर्ने प्रयास : प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता

संसदको गतिरोध अन्त्य गर्ने प्रयास : प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता
फाइल तस्बिर।

काठमाडौं : प्रतिनिधि सभाको बैठक अगाडि कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता आज पनि छलफलमा जुटेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेसहितका विपक्षी दलले राजीनामा माग्दै संसद अवरोध गर्न लागेपछि सत्ता पक्षले सोमबार पुन : प्रमुख प्रतिपक्ष दल एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छलफलमा बोलाएको हो।

सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भइरहेको छ। संसदको गतिरोध अन्त्य गर्न र एमालेले संसदमा उठाएका मागको सन्दर्भमा छलफल गर्न शीर्ष नेता जुटेका हुन्

बुधबारको बैठकमा एमाले, रास्वपा र राप्रपाले ‘उहाँ (भारतीय नागरिक प्रितम सिंह) ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली जानु पनि भयो। काठमाडौँका पार्टीहरुलाई, नेताहरुलाई पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभो।’ भन्ने  प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर संसद अवरोध गरेका थिए। बुधबार कार्यसूचीमा प्रवेश नगरी शुक्रबारसम्म स्थगित भएको बैठक शुक्रबार पनि पुन: सूचना टाँस गरी स्थगित भएको हो।

आजपनि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बोलाइएको बैठक अवरोध गर्ने तयारी गरेको छ। एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ भने सत्ता गठबन्धनले संसदमा फेस गर्ने निर्णय गरेका छन्। 

एमालेले भ्रष्टाचारका ठूल्ठूला घटनालाई सरकारले अघि बढाएका कारण विपक्षीले संसद् अवरोध गरेको भन्ने विज्ञप्तिको भाषालाई लिएर संसद्मा स्पष्ट पार्नुपर्ने प्रचण्डसँग माग गर्दै आएको छ। आइतबार पनि प्रचण्डसँग ओलीले सचिवालयको विज्ञप्तिबारे पनि स्पष्ट नभई संसद् अवरोध खुल्न नसक्ने ‘चेतावनी’ दिएका थिए। दाहालले एमालेको चेतावनीपछि सभामुख देवराज घिमिरेलाई फोन गरी प्रतिनिधिसभा बैठक सोमबारसम्म स्थगित गरिदिन आग्रह गरेका थिए। 

आजको बैठकमा ३ वटा विधेयक प्रस्तुत हुने सम्भावित कार्यसूची छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.