कोसी प्रदेश मन्त्रिपरिषद् बैठक : निजामती किताबखाना स्थापनाको प्रक्रिया अघि बढाइने

कोसी प्रदेश मन्त्रिपरिषद् बैठक : निजामती किताबखाना स्थापनाको प्रक्रिया अघि बढाइने
कोसी प्रदेशको मन्त्रिपरिषद् बैठक । तस्बिर : किशोर बुढाथोकी
सुन्नुहोस्

विराटनगर : कोसी प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । मुख्यमन्त्री उद्धव थापाको अध्यक्षतामा सोमबार दिउँसो बैठक बसेको हो । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले प्रदेश र स्थानीय तहका कर्मचारीहरूका लागि निजामती किताबखाना स्थापना गर्ने निर्णय गरेको छ । 

लोकसेवा आयोगको परामर्शमा किताबखाना स्थापनाको प्रक्रिया अघि बढाउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं बिना विभागीय मन्त्री प्रदीपकुमार सुनुवारले बताए । उनका अनुसार निजामती ऐन परिमार्जन गर्ने अर्को निर्णय पनि बैठकमा भएको छ । कर्मचारीको सरुवा, बढुवा, तालिमलगायत वृत्तिविकासका लागि ऐन परिमार्जन गर्ने निर्णय भएको जानकारी सुनुवारले दिए । 

त्यस्तै,बाढी र पहिरोलगायतका दैविक प्रकोपबाट हुनसक्ने सम्भावित क्षति रोक्नका लागि पूर्व तयारी गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । ‘बाढी र पहिरोलगायतका प्रकोपले विभिन्न ठाउँमा मानवीय एवं भौतिक क्षति गरिरहेको छ,’सरकारका प्रवक्ता सुनुवारले भने,‘आगामी दिनमा सम्भावित क्षति रोक्न पूर्व तयारीमा जुट्ने निर्णय बैठकमा भएको छ ।’ साथै,पीडितहरूका लागि राहत र क्षतिपूर्ति वितरण प्रक्रियालाई प्रभावकारी बनाएर लगिने उनको भनाइ छ । 

मन्त्रिपरिषद् बैठकबाट रुससँग मित्रराष्ट्रका रुपमा भाइचाराको सम्बन्ध विस्तार गर्नका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको सुनुवारले बताए । मुख्यमन्त्री थापाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री जीवन आचार्य तथा बिना विभागीय मन्त्रीहरु सुनुवारसहित राजेन्द्र कार्की,कमलप्रसाद जबेगू र रामकुमार खत्री सहभागी थिए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.