मापदण्ड विपरीत कालोपत्रे गरेको स्थानीयको आरोप
विराटनगर : जिल्लाको धनपालथान गाउँपालिका-२ स्थित धर्मपूरमा मापदण्ड विपरीत सडकको कालोपत्रे भएको स्थानीयले आरोप लगाएका छन्।
५५ लाखको लागतमा निर्माण गरिएको सडक कर्मचारीको मिलेमतोमा मापदण्ड विपरीत भएको स्थानीयको आरोप छ।
सडकको कालोपत्रे गर्ने काम ठेकेदारले स्टिमेट विपरीत गरेको भन्दै स्थानीयले अख्तियारमा उजुरी दिने तयारी गरेका छन्।
६ इन्च ग्राभ्रेल हुनुपर्नेमा ३ इन्च मात्रै गरेर सडक बनाएको वडा सदस्य अरुण कुमार मण्डलले बताए। विरोध गरे त सुनवाई भएन उनले भने, ‘प्राविधिक लगाएर नापजाचँ गरेर काम अघि बढायो। ‘ स्थानीय अशोक मण्डलले माटो कम दिएर ग्राभेल हाल्दा नै सडक समान छैन उनले भने, ‘ठेकेदार र साइड ईन्जीनीयर राजेश गिरीले आफू खुशी काम अघि बढाए।‘