सुर्खेतमा लागुऔषध सहित पाँच जना पक्राउ

सुर्खेतमा लागुऔषध सहित पाँच जना पक्राउ
सुन्नुहोस्

वीरेन्द्रनगर : सुर्खेतमा ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्। 

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–३ मुलपानी चोकबाट लागूऔषध ब्राउन सुगरसहित वीरेन्द्रनगर नगरपालिका-३ का ३१ वर्षीय विवेक गिरी र सोही ठाउँकी १७ वर्षीया रोशनी वली पक्राउ परेका हुन्।

उनीहरूलाई प्रहरी चौकी बाङ्गेसिमलबाट खटिएको प्रहरी टोलीले भुरेलीबाट मुलपानी चोकसम्म भे ९ प ३६५ नम्बरको स्कुटिमा आएको बेला पक्राउ गरेको हो।

उनीहरूबाट खैरो धुलो पदार्थ नापतौल नगरेको लागूऔषध ब्राउन सुगर अर्का व्यक्तिलाई लिने क्रममा बरामद गरिएको हो। दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी लक्ष्मणबहादुर शाहीले बताए। 

यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ राधाकृष्ण मन्दिर नजिकैबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। 

त्यहाँबाट पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-५ का २७ वर्षीय अम्मर बिक, सरस्वती टोलका २२ वर्षीय राजन केसी र वडा नं ६ सम्रिक टोलका ३२ वर्षीय ढकेन्द्र बिकलाई शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी उनीहरूको शरीर तलासी गर्दा शुद्ध २ सय ८० ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको थियो। 

उनीहरूलाई पनि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.