बाह्य क्षेत्र सुधार, सङ्लिएको छैन अर्थतन्त्र

बाह्य क्षेत्र सुधार, सङ्लिएको छैन अर्थतन्त्र
सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को ११ महिनाको तथ्यांकअनुसार शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा छ।

काठमाडौं : नीतिगत कडाइले पछिल्लो समय बाह्य क्षेत्र सुधार देखिए पनि अझै अर्थतन्त्र स्वस्थ हुन सकेको छैन। केही समय आयातमा सीमित वस्तु नियन्त्रण हुँदा अहिले आएर विदेशी मुद्रा बाहिरिने क्रम घटेको छ। फलस्वरूप शोधनान्तर बचत बढ्दै गयो भने विदेशी मुद्रा सञ्चिति पनि सुधार छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को ११ महिनाको तथ्यांकअनुसार शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा छ। जबकि गत आवको सोही अवधिमा २ खर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो। देशबाट बाहिरिने विदेशी मुद्राभन्दा भित्रिने बढी हुँदा शोधनान्तर बचतमा हुन्छ। यो मुलुकको अर्थतन्त्रका लागि सकारात्मक हो। शोधनान्तर सुधार हुनुको कारण नेपालबाट पैसा बाहिरी नै पाएको छैन। रेमिट्यान्स बढेकै बढ्यै छ। 

पैसा बाहिर नगएपछि विदेशी विनिमय सञ्चितिमा पनि सुधार देखिएको छ। यसअघि शोधनान्तर घाटा चुलिँदा सरकारले विलासिताका वस्तु आयातमा लगाएको प्रतिबन्ध र राष्ट्र बैंकले केही वस्तुको आयातमा राखेको अनिवार्य नगद मार्जिनले नियन्त्रणमा आएको छ। यद्यपि आयात पुसदेखि फुकुवा भइसकेको छ भने नगद मार्जिन माघदेखि हटिसकेको छ। यसकै कारण ठूलो आकारमा विदेशी मुद्रा बाहिरिने माध्यम कुल वस्तु आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ कायम भएको छ। जबकि गत आवको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढ्दा अधिक विदेशी मुद्रा बाहिरिएको थियो। 

यसैक्रममा पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल बाह्य क्षेत्रको सुधार आयात घटेकाले सम्भव भएको बताउँछन्। अर्थतन्त्र प्रभावित हुन लागेपछि जबर्जस्ती आयात नियन्त्रण गरेकाले बाह्य क्षेत्रमा दबाब नपरेकाले सुधारिएको मात्रै देखिएको तर यो दीर्घकालसम्म नरहने भएकाले स्थिति अझै नसङ्लिएको उनको तर्क छ।

 ‘बाहिरबाट सामान ल्याउन नदिएपछि, ब्याजदर बढाएपछि यस्तो सुधार देखिएको हो। यसले गर्दा गाह्रो छ। स्थिति अझै सङ्लिएको छैन,’ डा. नेपालले अन्नपूर्णसँग भने, ‘अब ब्याजदर अलिअलि कम हँुदै जान्छ। अर्थतन्त्रको आत्मबल बढाउन जरुरी छ। व्यापारी, व्यवसायीको  आत्मबल बढ्न आवश्यक देखिन्छ।  आउने मौद्रिक नीतिले पनि सहजता देखाइदिनु प¥यो। जसले ब्याजदर घट्ने स्थिति आउनु प¥यो। बैंकमा पैसा थुपिँ्रदा पनि किन ब्याजदर घटेको छैन भन्ने प्रश्न आउँछ।’

राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ अर्थतन्त्र सुधारोन्मुख भएको बताउँछन्। तर थप सुधार गर्न उत्पादन बढाउनतर्फ लाग्नु पर्नेमा सबैले चासो दिनुपर्ने उनले सुझाव दिए। यसैले आन्तरिक उत्पादन नबढ्ने हो भने फेरि अर्थतन्त्रमा अप्ठ्यारो स्थिति दोहोरिने प्रति उनले संकेत गरे।

विप्रेषण ११ खर्ब १२ अर्ब भित्रियो

चालू आवको जेठसम्ममा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ भित्रिएको छ। गत वर्षको सोही अवधिमा थोरै अर्थात् ४.१ प्रतिशतले मात्र बढेको थियो। परिणामस्वरूप जेठसम्ममा कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।

अमेरिकी डलरमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड रुपैयाँ कायम भएको छ। यसले ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। जबकि नेपाल राष्ट्र बैंकले ७ महिनासम्मको वस्तु तथा आयात धान्ने विदेशी मुद्रा सञ्चिति पर्याप्तताको सीमा राखेको छ। विकासोन्मुख मुलुकहरूमा ६ महिनासम्मको अवधिलाई पुग्ने मुद्रा हुनुपर्छ। यी सबै हिसाबले भने मुलुक सही मार्गमा छ। 

तर एकातिर विदेशी मुद्रा अधिक भएसँगै बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पुँजी (तरलता) छ। अहिले पैसा थुपिँ्रदा पनि ऋणको माग छैन। यसले भने अर्थतन्त्रमा समस्या देखिन सक्ने विज्ञहरू बताउँछन्। पूर्वगभर्नर डा. नेपाल भन्छन्, ‘अर्थतन्त्र पूर्ण रूपमा चलायमान हुन अझै सकेको छैन। यसपटक निजी क्षेत्रमा कर्जा विस्तार हुन सकेको छैन। कर्जा विस्तार नभएसम्म अर्थतन्त्र चलायमान हुन सक्दैन। बैंकमा  पैसा थुप्रिएको मात्रै छ। तर कसैले पनि लगेको स्थिति छैन।’ 

यता राष्ट्र बैंकका निर्देशक डा. श्रेष्ठ भने आयातमा नियन्त्रणले बाह्य क्षेत्र सुधार हुँदा त्यसको प्रभाव बैंकिङ क्षेत्रमा तरलता सुधार हुँदै गएर राम्रै परेको बताउँछन्। 

केन्द्रीय बैंकको तथ्यांकअनुसार जेठसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ५७ अर्ब ३६ करोड (३.४ प्रतिशत) ले बढेको छ। जबकि गत वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ५२ अर्ब ७१ करोड (१३.५ प्रतिशत) ले बढेको थियो। सो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८.८ प्रतिशतले बढेको छ

घिउ तथा तेलको मूल्यमा नियन्त्रण

मूल्यवृद्धिमा केही नियन्त्रणको संकेत देखिएको छ। पछिल्लो ११ महिनामा घिउ तथा तेलको मूल्य घटेको छ। तर खाद्य तथा पेयपदार्थ, रेस्टुरेन्ट तथा होटल, खाद्य तथा खाद्यजन्य पदार्थ, दुग्ध पदार्थ तथा अण्डाको मूल्य भने अकासिएको छ। य

द्यपि समग्रमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ। जबकि गत वर्ष यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत थियो। खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.