वीपी राजमार्गमा स्थानीयको अवरोध
काभ्रे : वीपी राजमार्ग धुलिखेल सडकखण्डको सुन्दर बस्तीमा स्थानीयले अवरोध गरिएको छ। सडकमा धुलाम्य सडक भएकाले सुधार गर्न स्थानीय तहसँग समस्या सुनाउँदा पनि एक्सन नलिएपछि धुलिखेलका स्थानीयले वीपी राजमार्गमा अवरोध गरेका हुन्।
भएको पिच सडक भत्काएर धुलोले अचाक्ली गरेपछि बाँध्य भएर सडक अवरोध गरेको स्थानीयको गुनासो छ। वीपी राजमार्ग अन्तर्गत धुलिखेल बतासे डाडाखण्डमा बाटो निर्माणकार्यमा ठेकेदारको चरम गैर जिम्मेवारी पनमा स्थानीय तह धुलिखेल नगरपालिकाले वेवास्ता गरेको आरोप स्थानीयको छ।
पटक पटक ठेकेदार र स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउँदा कानमा तेल हालेर बसेपछि बाध्य भएर सडक अवरुद्ध पार्नु परेको उनीहरुको भनाई छ।
सडक निर्माणको क्रममा अत्याधिक धुलो उडेको भन्दै स्थानीयले गुनासो गरेपनि स्थानीय सरकार धुलिखेल नगरपालिका र सडक निर्माण ठेकेदारले चासो दिएका थिएनन्। राम्रो पिच भत्काएर समयमा बाटो निर्माण नभएको र धुलो कम गराउनको लागि पानी हाल्ने व्यवस्था नभएको भन्दै स्थानीयहरु सडकमा जम्मा भएर यातायात अवरुद्ध गरिरहेका छन्।
वीपी राजमार्गमा सिमेन्टको पोल ढुङ्गा राखेर राजमार्ग अवरोध गरेका थिए सरोकार निकायहरु र निर्माण ठेकेदारको ध्यानाकर्षण गर्न राजमार्ग अवरोध गरिएको स्थानीयको भनाई छ।