सोलुखुम्बुबाट काठमाडौं उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन
सोलुखुम्बु : सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिका- २ सुर्के हेलिप्याडबाट बिहान १०:०५ बजेतिर ५ जना यात्रु लिएर उडेको ९ एनए- एमभी कल साइन भएको हेलिकोप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।
कार्यालय प्रमुख महेश श्रेष्ठका अनुसार लुक्लाबाट सामन्यता ४५ मिनेटमा पुग्नुपर्ने हेलिकोप्टर हालसम्म सम्पर्कमा आउन सकेको छैन् । विदेशीसहितका यात्रु लिएर उक्त माउन्टेन फ्लाइटको हेलिकोप्टर काठमाडौं उडेको थियो।
अहिले हेलिकोप्टरको खोजिकार्य भएरहेको छ।
प्रतिक्रिया दिनुहोस !
५