हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन्।
सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो। प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धासुमन अर्पण गरेका हुन्।
हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको निधन भएको छ। प्रधानमन्त्री दाहालले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गरे।