कर्णालीमा आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित
वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ।
मंगलबार प्रदेशसभाको २५ औँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले पेश गरेको बजेट बहुमतले पारित भएको हो।
अर्थमन्त्री सिंहले १ असार आगामी नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट पेश गरेका थिए। जसमा चालुतर्फ नौ अर्ब २० लाख २४ हजार तथा पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार रहेको छ।
प्रतिक्रिया दिनुहोस !
१