कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै
सुन्नुहोस्

काठमाडौं : कांग्रेसको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक आज बस्दैछ। सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकअघि नै आज बिहान ९ बजे आफ्नै निवास धुमबाराहीमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका हुन्। 

पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुधबार बिहान एजेन्डाकै विषयमा बस्न लागेको कांग्रेस सहमहामन्त्री किशोरसिंह राठोरले जानकारी दिए। राठोरका अनुसार बैठकमा निर्वाचन समीक्षादेखि नीति महाधिवेशनका विषयलाई नै प्राथमिकता दिइनेछ।

देउवाले बैठकलाई अनौपचारिक छलफल गर्ने भनेर केन्द्रीय समितिको बैठकमा उठ्न सक्ने विभिन्न विरोधका आवाजलाई रोक्ने दाउ गरेको पनि कांग्रेसका संस्थापनइत्तर समूहका नेताले चर्चा गरेका छन्। 

यसबीचमा पटकपटक पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेर केन्द्रीय समितिको बैठक सार्दै आएका देउवाले यो बैठकमा पनि आफ्नो विरोध नसोच्नै भन्ने चाहेको देउवा निकट एक नेताले बताए। उनले भने, ‘सीमित एजेन्डा तय गर्ने र तिनै एजेन्डामा मात्र बैठक केन्द्रित गर्ने सभापतिजीको तयारी छ। त्यसकै लागि पदाधिकारी र पूर्वपदाधिकारीसँग बैठक राखिएको हो।’

सभापति देउवाले दुई महामन्त्रीलाई यसअघि नै एजेन्डा तयार गरेर ल्याउन भनेका थिए। बैठकका एजेन्डा तय गर्ने विषयमा पार्टीमा छलफल भइरहे पनि बुधबार बिहान बस्ने बैठकले मात्रै एजेन्डाको टुंगो लाग्छ। एक सहमहामन्त्रीले भने, ‘सभापति र महामन्त्रीहरूबीच एजेन्डाका विषयमा छलफल भएको होला सहमहामन्त्रीलाई केही पत्तो पाइएको छैन। आज बिहान पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको छ। त्यसैमा हामीलाई पनि बोलाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.