दोलखामा लम्की स्कीन प्रकोपविरुद्ध कृषक गोठ अभियान
दोलखा : दोलखाको मेलुङ गाउँपालिकाले लम्पी स्कीन रोगविरुद्ध कृषक गोठ अभियान सुरु गरेको छ । रोगले महामारीको रुप लिएपछि पालिकाले कृषकको घरदैलो गोठ अभियान सुरु गरेको पालिकाका प्रमुख हिरा थोकरले बताए । उनका अनुसार अभियानमा भेटेरेनरी डाक्टरसहितको विज्ञटिम रहेको छ ।
भेटेनरी अस्पताल तथा विज्ञ केन्द्र चरिकोट र हेफर नेपालको प्राविधिक सहयोग तथा सीडीएफ दोलखाको समन्वयमा स्थलगत पशु उपचार संचालन गरेको हो।
पालिका अध्यक्ष हिरा थोकरको नेतृत्वमा मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीबाट र उपाध्यक्ष गायत्री आचार्यको नेतृत्वमा मेलुङ गाउँपालिका वडा नम्बर ७ बाट अभियान सुरु गरिएको थियो । थप उपचारका लागि कर्मचारी व्यवस्थापन गरि सबै वडा र टोलटोलमा आवश्यक औषधिसहितको टोली खटाउने तयारी भएको गाउँपालिकाको उपाध्यक्ष गायत्री आचार्यले बताइन् ।
पालिकाभरी हालसम्म तीन सयभन्दा बढी पशुमा लम्पी स्क्रिन रोग देखा परेको छ । रोगका कारण ५ भन्दा बढि पशु मरेका छन् । पालिकाले सो रोगविरुद्ध ९ सय पशुलाई खोप लगाइएको पालिकाले जनाएको छ । खोप कार्यक्रमलाई तीब्र बनाउने गाउँपालिकाको योजना रहेको छ ।
हालसम्म करिब ३ सय पशुको उपचार गरिएको छ। यसका लागि गाउँपलिकाले दई हजार डोज खोप र १ लाख बराबरको औसधि खरिद गरेको छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दोलखाका अनुसार मेलुङ गाउँपालिकामा ५००भन्दा बढि पशुमा संक्रमण फैलिसकिएको छ ।
विशेषगरी गाईवस्तुमा लाग्ने यो रोगले हालसम्म दोलखामा ४ दर्जन पशु मरेका छन् भने तीन हजार बढी पशुहरु संक्रमित भएका छन् ।