नहरले बगाएर एक जना बेपत्ता, एकको जीवितै उद्धार

नहरले बगाएर एक जना बेपत्ता, एकको जीवितै उद्धार
प्रतिकात्मक तस्बिर
सुन्नुहोस्

विराटनगर : मोरङको जहदा गाउँपालिका-३ मा नहरले बगाएर बुधबार साँझ एक जना बेपत्ता भएका छन्। एक जनाको जीवितै उद्धार गरिएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पौडी खेल्ने क्रममा नहरले बगाएर भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीय गणित राजवंशी बेपत्ता भएका हुन्। 

गणित जहदा-३ स्थित मामा घरमा बस्दै आएका थिए। उनी जहदा-३ का १८ वर्षीय दिपेश राजवंशीसँग पौडी खेल्न नहरमा छिरेका थिए।

पौडी खेल्ने क्रममा दुवै जनालाई साँझ ५:२० बजेतिर नहरले बगाएको थियो। प्रहरी चौकी मझारेबाट खटिएको टोलीले स्थानीयको सहयोगमा दिपेशलाई भने सकुशल उद्धार गरेको छ। जीवितै उद्धार गरिएका उनको अवस्था सामान्य रहेको डीएसपी दाहालले बताए।

‘पौडी खेल्ने क्रममा नहरले दुवै जनालाई बगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तीमध्ये दिपेशको उद्धार सम्भव भयो,’ उनले भने, ‘गणितलाई भने नहरले बगाएर बेपत्ता बनाएको छ। स्थानीयको सहयोगमा खोजी जारी राखिए पनि फेला पार्न सकिएको छैन।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.