विषालु च्याउ खाँदा एकको मृत्यु
दोलखा : जंगलबाट ल्याएको विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने ४ जना बालबालिका बिरामी भएका छन्। गौरीशंकर गाउँपालिका-६ चंखुकी ३३ वर्षीया सोमलेकी शेर्पाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ।
असार २३ गते च्याउ खाएर शेर्पासहित परिवारका सदस्यहरू बिरामी परेपछि सिंगटीको रोल्वालिङ सामुदायिक अस्पतालमा पुर्याइएको थियो। सोमलेकी शेर्पाको अवस्था गम्भीर बन्दै गएपछि मंगलबार रोल्वालिङ सामुदायिक अस्पताल सिगटीले राजधानी रिफर गरिएकोमा उपचारका क्रममा बुधबार उनको ज्यान गएको हो।
चार बालबालिकालाई पनि उपचारका लागि काठमाडौं रिफर गरिएको छ। उनीहरूको अवस्था सामान्य छ।
प्रतिक्रिया दिनुहोस !
५